Wednesday, July 5, 2017

युएन पार्क क्षेत्रलाई व्यवस्थित गर्ने निर्णय

काठमाडौँ, २१ असार । सहरी विकास मन्त्रालयले संयुक्त राष्ट्रसङ्घ (युएन) पार्क (थापाथलीदेखि टेकुसम्मको बाग्मती किनार) क्षेत्रलाई व्यवस्थित बनाउने भएको छ ।

मन्त्रालयका सचिव, संयुक्त राष्ट्रसङ्घ पार्क विकास समितिका पदाधिकारीको आज सम्पन्न बैठकले पार्कको सम्पूर्ण जग्गालाई व्यवस्थित गर्ने र प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकमा सहरी विकासमन्त्री प्रभु साहको उपस्थिति रहेको थियो ।

नेपाल सरकारद्वारा तोकिएको पार्क क्षेत्रमा केही व्यक्तिले खेतीपाती लगायतका कार्यमा अनाधिकृत रुपमा उपभोग गरिरहेका सन्दर्भमा त्यसलाई नियन्त्रण गर्ने निर्णय आजको बैठकले गरेको मन्त्री साहको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्री साहले पार्कको जग्गामा भइरहेको विभिन्न कार्य रोकेर त्यसमा व्यवस्थित रुपमा पार्क बनाउन निर्देशन दिनुभयो ।

निजी उपयोगमा आइरहेको जग्गालाई नियन्त्रणमा लिई उक्त क्षेत्रमा पार्क निर्माण गर्नका लागि आवश्यक रकम उपलब्ध गराइनेसमेत मन्त्री साहले प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts