Friday, July 14, 2017

सर्पले डसेर मृत्यु

बैतडी, ३० असार । पाटन नगरपालिका–६ टुडीगैरकी ५५ वर्षीया गोमती विष्टको आज सर्पले डसेर मृत्यु भएको छ ।

बिहान घरनजिकै रहेको खेतमा धान गोडिरहेका बेला विष्टलाई सर्पले डसेको जिप्रका बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । सर्पले डसेलगत्तै विष्टलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ केन्द्रमा पु¥याइएकामा पाटनमा उपचार हुन नसक्दा थप उपचारका लागि सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा लैजाँदै गर्दा बाटामै मृत्युु भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts