काठमाडौँ, ३० असार । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापतिमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने जुठबहादुर खड्गी (जेबी टुहुरे) निर्वाचित हुनुभएको छ ।
समितिको आजको बैठकमा उहाँलाई निर्वाचन गर्न नेपाली काँग्रेसका . भरतबहादुर खड्काले प्रस्ताव गर्नुभएको तथा माओवादी केन्द्रका गणेशमान पुनले समर्थन जनाउनुुभएको थियो ।
सभापतिको उम्मेदवारीमा टुहुरेको एक मात्र उम्मेदवारी परेकाले ज्येष्ठताका आधारमा समितिको सभापतित्व गर्नुभएका प्रेमकिशोर साह तेलीले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । समितिका तत्कालीन सभापति प्रभु साह शहरी विकासमन्त्री भएपछि सो पद रिक्त भएको हो ।
बैठकमा निर्वाचनपछि श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर, सांसद राजन भट्टराई, चूडामणि जंगली, बुद्धिसागर चौधरी, श्यामकुमार श्रेष्ठ, विनोद श्रेष्ठ, विश्वनाथ अधिकारी, प्रभादेवी वज्राचार्य, गीता वाग्ले, पेम्बा लामालगायतले नवनिर्वाचित सभापति टुहुरेलाई बधाई तथा शुभकामना दिनुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment