Sunday, July 9, 2017

राहत नपाएका कारण जनजीवन अस्तव्यस्त

काठमाडौँ, २५ असार । सप्तरीका बाढीपीडितले राहत नपाएका कारण जनजीवन अस्तव्यस्त भएको आज यहाँ आयोजित कार्यक्रममा जनाइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सप्तरी पुगेर पीडितको नामावली सङ्कलन गरी काठमाडौँ आइपुगेको ‘सेभ द लाइफ फाउन्डेसन’ नामक संस्थाले आफूहरुले ८६ घरपरिवारको नामावली सङ्कलन गरेको जानकारी दिएको छ ।
सो संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले बाढीबाट उनीहरुको घर तथा खेत बगाएकाले रकम, औषधि, लत्ताकपडा र खाद्यान्नको सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts