दाङ, २५ असार । देउखुरी प्राविधिक शिक्षालायले लमहीमा बाली संरक्षण प्रयोगशाला स्थापना गरेको छ । कृषि बालीमा लाग्ने रोगकिराको सही पहिचान गरी बालीको उचित संरक्षणका लागि प्रयोगशाला स्थापना गरिएको हो ।
प्रयोगशालाको स्थापनाबाट अब जिल्लामै बालीमा कुन रोग र कुन किराको प्रकोप हो भन्ने परीक्षण हुने सुपरजोन कार्यान्वयन इकाइका रवीन
धितालले जानकारी दिनुभयो ।
रु १६ लाख ७८ हजार १७४ को लागतमा स्थापना भएको बाली प्रयोगशालाका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोनबाट रु १४ लाख २१ हजार १७५ अनुदान र शिक्षालयवाट रु दुई लाख ५७ हजार उपलब्ध गराइएको छ ।
यसअघि कृषकले जिल्लामा बालीमा लाग्ने रोगको लक्षणको आधारमा औषधि प्रयोग गर्दै आएकामा अबदेखि यो बाध्यता हटेको छ । प्रयोगशालाले देउखुरी क्षेत्रका कृषकका लागि सुरुमा रोगकिराको प्रकोप पत्तालगाई बालीसंरक्षण गर्न पहिलोचरणमा किसानको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने शिक्षालयका प्रमुख योगनारायण चौधरीले जानकारी दिनुभयो । रासस
No related posts.
No comments:
Post a Comment