काठमाडाँै, १७ असार । लेखक युग पाठकले लेख्नुभएको ‘माङ्गेना ः नेपाल मन्थन’को आज विमोचन गरिएको छ ।
कृतिको राजनीतिक चिन्तक प्रदीप गिरी, सामाजशास्त्री बालकृष्ण मावुहाङ, कवि निभा शाह र लेखक पाठकले संयुक्तरूपमा गर्नुभएको हो ।
पुस्तकमाथि टिप्पणी गर्दै गिरीले पुस्तकमा नेपालको राष्ट्रियता, विकास र सभ्यताबारे लेखकले समेटेको बताउनुभयो ।
उहाँले विगतमा राष्ट्रियता र विकासको गलत व्याख्या गरेको भन्दै पुस्तकमा लेखकले राष्ट्रियता भएमात्र विकास हुने उल्लेख गर्नुभएको बताउनुभयो ।
नेता गिरीले पुस्तकले नेपालको राजनीति र विकासमा नयाँ बहस सिर्जना गर्ने उल्लेख गर्दै लेखकले समावेशी र सहभागितामूलक बनाउन जोड दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा समाजशास्त्री मावुहाङले लेखकले राष्ट्रियताका विषययमा दमदाररूपमा लेख्नुभएको भन्दै नेपाल एक नक्सा एक अवधारणाको रूपमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले लेखकले नेपाल राष्ट्र हो कि राज्य हो भन्ने कुरा स्पष्टरूपमा खुलाउनुभएको बताउनुभयो । उहाँले नेपालको बारेमा अहिलेसम्म गरिएका कामकुरालाई लेखकले चुनौती दिएर शङ्काको घेरामा राख्नुभएको चर्चा गदै ती कुरालाई लेखकीय अडानमा लिनुपर्ने बताउनुभयो ।
कवि शाहले पुस्तकले माक्र्सवाद र वर्ग सङ्घर्षका कुरा उठाएको चर्चा गर्दै यो सिमान्तकृत जनताको पक्षमा लेखिएको बताउनुभयो ।
लेखक पाठकले नेपालका विभिन्न भाषा, सभ्यता र संस्कृतिको प्रेमपूर्वक सम्बन्ध स्थापित गर्न लिम्बु भाषाको शब्द ‘माङगेना’ राखिएको जानकारी गराउनुभयो ।
उहाँले पुस्तकले नेपाली समाजको चेतना बदल्ने बताउँदै नेपालको राजनीतिक, विकास, राष्ट्रियता तथा वौद्धिक, शैक्षिक आन्दोलनका कुरालाई सिलसिलाबद्धरूपमा लेखिएको बताउनुभयो ।
उहाँले नेपालको आर्थिक, सामाजिक र राजनीतिक अधिकार स्थापित गर्न थप सहयोग पु¥याउन पुस्तक फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । १४ अध्यायमा लेखिएको उक्त पुस्तक फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो । लिम्बु भाषाको शब्द ‘माङ्गेना’को अर्थ शिर उँचो पारेर बाँच्नु हो । रासस
No comments:
Post a Comment