Saturday, July 15, 2017

पत्रकार उपचार कोषलाई एक लाख सहयोग

सुरुङ्गा (झापा), ३१ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि समाजसेवी राजकुमार पोखरेलले आज रु एक लाख १०१ सहयोग प्रदान गर्नुभएको छ ।

समाजसेवी कृष्णकुमारी पोखरेलको ८६औँ जन्मजयन्तीको अवसर पारेर उहाँका छोराबुहारी राजकुमार र मीनाले उक्त रकम प्रदान गर्नुभएको हो । उक्त रकम पोख्रेल दम्पतीले पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

विसं १९८४ साउन १ गते जन्मिनुभएका कृष्णकुमारीको २०७२ साउन २७ गते स्वर्गारोहण भएको थियो । गरिब, असहायलाई सहयोग गरी उदाहरणीय भूमिका निर्वाह गर्दै आउनुभएका कृष्णकुमारीलाई ‘बिर्तामोडकी आमा’को रुपमासमेत स्मरण गरिन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts