Saturday, July 15, 2017

वडाबाटै नाम दर्ता गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ, ३१ असार । व्यवस्थापिका–संसद्मा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरुको एक समूहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मतदाता नामावली दर्ता गराउने अवधि १५ दिन बढाउन माग गरेको छ ।

पूर्वमन्त्री एवम् सांसद बालकृष्ण खाँणको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका सांसदहरुले स्थानीय तहको वडाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था गराउन माग गरेको छ ।

साउन १५ गतेसम्म जिल्ला सदरमुकाममा नाम दर्ता गर्न निर्वाचन आयोगले सूचना जारी गरेको र उक्त अवधि साउन मसान्तसम्म बढाउन माग गरिएको सांसद रामहरि खतिवडाले राससलाई जानकारी दिनुभयो ।

नाम दर्ता गराउन छुटेका सबैलाई दर्ता गराउने व्यवस्था मिलाउन, विसं २०७० मा नाम दर्ता गरेकाको यथावत् राख्न, गाउँ फरक परेकाको विवरण सच्याउन र विदेशमा हुनेको नामावली इन्टरनेटबाट संकलन गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री देउवासँग माग गरिएको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आयोगसँग समन्वय गरी माग पूरा गराउन पहल गर्ने वचन दिनुभएको थियो । प्रतिनिधिमण्डलमा सांसदहरु आनन्द ढुंगाना, अब्दुल रज्जाकलगायत सहभागी हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts