Thursday, July 27, 2017

अब विद्युत्भार कटौती हुँदैन : ऊर्जामन्त्री

काठमाडौँ, १२ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जनताले अब विद्युत्भार कटौतीको समस्या सामना गर्नुनपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शाहीले ट्रान्समिसन लाइन मर्मतलगायत अन्य मर्मतको काम गर्दा केही समय विद्युत्भार कटौती भए पनि अन्य समयमा नागरिकले नियमित विद्युत् प्रयोग गर्न सक्ने जिकिर गर्नुभयो ।
मन्त्री शाहीले विद्युत् व्यवस्थापन गर्नका लागि कम शक्ति भएको बल्ब र फ्यानको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । “पूँजीपति वर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइनेछ”, अर्काे प्रसंगमा उहाँले भन्नुभयो, “राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकताअनुसार विदेशी लगानी भित्र्याइने छ ।”
उहाँले जनताले एक हप्ताभित्रै विद्युत् महसुल कारोबार अनलाइन प्रणालीमार्फत गर्न पाउने समेत जानकारी दिनुभयो । बूढीगण्डकी परियोजना निर्माण कम्पनीलाई समयमा नै काम सक्न निर्देशन दिँदै उहाँले तोकिएको समयमा काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts