Saturday, July 8, 2017

करेन्ट लाग्दा मजदुरको मृत्यु

रत्ननगर (चितवन), २४ असार । पूर्वी चितवनको खैरहनीमा पानी पिउने क्रममा विद्युत् प्रवाह हुँदा आज एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा घर भई चितवनको खैरहनी नगरपालिका वडा नं ५ स्थित सैनिक आवासीय महाविद्यालयमा काम गर्दै आएका मजदुर १९ वर्षीया जमुना धनिकार रहेको छ ।

महाविद्यालयको भवन निर्माण गर्दै आएका मजदुर धनिकारको धारामा पानी पिउने क्रममा चापाकलमा जोडेको मोटरबाट विद्युत् प्रवाह हुँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts