काठमाडौँ, २४ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कवि रामप्रसाद ज्ञवालीद्वारा लिखित ‘स्वप्नदृष्टि’ नामक महाकाव्यको यहाँ आज विमोचन गर्नुभयो ।
कृतिमा छिमेकी राष्ट्र चीन तथा उत्तर कोरियाको राजनीतिक स्थिरता, सामाजिक व्यवस्था, अनुशासन, राष्ट्रको विकास तथा समृद्धिलगायत विषय समावेश गरिएका छन् ।
जनमत वाङ्मय प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष बिजुक्छेले चीन तथा उत्तर कोरियाको स्थलगत भ्रमण गरी लेखकले तयार पारेको सो पुस्तकले कम्युनिष्ट आन्दोलन, राजनीतिक अनुशासन र जनतामा आएको चेतनाका बारेमा प्रशस्त ज्ञान दिने विश्वास व्यक्त गर्नुभयो ।
प्राज्ञ डा महादेव अवस्थी तथा साहित्यकारद्वय हेमचन्द्र नेपाल र माया ठकुरी लगायतले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनमा साहित्यकारले महत्वपूर्ण योगदान गरेको बताउँदै ती परिर्वतनको प्रतिफल आमजनतामा पु¥याउन नसकिएको दुःख व्यक्त गर्नुभयो ।
प्राज्ञिक क्षेत्रमा पनि राजनीतिक भागबन्डा हुँदै आएकोमा त्यसको अन्त्य गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले यो कृतिले राष्ट्रियताको पक्षमा इमान्दारितापूर्वक लाग्न तथा देश र जनताको विकासमा केन्द्रित हुन नेपाली राजनीतिज्ञलाई सन्देश दिएको धारणा व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment