Friday, July 28, 2017

करिब दुई हजार भक्तजन गोसाइँकुण्ड पुगे

रसुवा, १३ साउन । जनैपूर्णिमा पर्वमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा यसपटक करिब दुई हजार भक्तजनले स्नान गरेका छन् ।

गोसाइँकुण्डमा स्नान गरी तीर्थयात्रु आजबाटै फर्कने क्रम सुरु भएको छ । हिजो र आज वर्षा नहुँदा कुण्ड पुगी स्थान गर्न र फर्कन भक्तजनलाई अत्यन्तै सहज भएको छ ।

गोसाइँकुण्डमा तीर्थ गर्नका लागि काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, दाङ, सर्लाही, चितवन, स्याङ्जा, कास्की, झापालगायतका विभिन्न स्थानबाट भक्तजन आएको बताइएको छ ।

तीर्थाटनमा आएका दुई जनालाई लेक लागेकामा हिजो राति नै गोसाइँकुण्डदेखि चोलाङ पार्टी ल्याई त्यहाँ रहेको नेपाली सेना काली जङ्ग गणको स्वास्थ्य शिविरमा उपचार गराई आफ्नो गन्तव्यतर्फ पठाइएको प्रहरी प्रमुख फणिन्द्र प्रसाइँले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts