Friday, July 28, 2017

सहचालकले गाडी चलाउँदा वृद्धाको मृत्यु

चितवन, १३ साउन । पश्चिम चितवनको जगतपुरमा सहचालकले चलाएको माइक्रोबसको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ ।

जगतपुरबाट काठमाडाँै जान लागेको ग १ ख ५८१४ नम्बरको माइक्रोबसको ठक्करबाट भरतपुर महानगरपालिका– २३ की ७५ वर्षीय चिनीमाया भुजेलको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

काठमाडाँै जान लागेका नातीलाई माइक्रोबसमा पठाउनका लागि आउनुभएकी भुजेलको सोही माइक्रोबसबसको ठक्करबाट आज मृत्यु भएको हो ।

सहचालकले ब्याक गर्ने क्रममा पछाडी रहनुभएकी वृद्धालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

गीतानगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार माइक्रोबस सहितका चालक तथा सहचालक नियन्त्रणमा छन् भने मृतक बृद्धाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts