Saturday, July 8, 2017

चट्याङ लागेर मृत्यु

नुवाकोट, २४ असार । मेघाङ गाउँपालिका–६ सामरी मैबलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चारमहिने शिशुसहित तीन जना घाइते भएका छन् । शुक्रबार राति परेको चट्याङ लागेर भिभराम तामाङको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी सामरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तेजलाल यादवले जानकारी दिनुभयो ।

घरमा सुतिरहेका समयमा चट्याङ लागेर मृत्यु भएका ४७ वर्षीय तामाङको शरीर जलेर क्षतविक्षत भएकाले परीक्षण नै नगरी शव परिवारलाई जिम्मा लगाइएको छ । चट्याङ लागेर भिभरामका भतिज २२ वर्षीय सूर्य, उहाँकी श्रीमती २२ वर्षीया सुष्मा र उहाँको चारमहिने छोरा अरुण घाइते भएका छन् ।

घाइते तीनै जनालाई नुवाकोट सिटी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । चट्याङले सूर्यको ब्याउने भैँसी मरेको छ भने गाउँमा रहेका एक दर्जन घरको विद्युतीय सामग्रीमा समेत क्षति पुगेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts