Saturday, July 8, 2017

मोरङको धनपालथानमा काँग्रेस

विराटनगर, २४ असार । मोरङको धनपालथान गाउँपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।

. काँग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह पाँच हजार १८७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मुसहरु मण्डलले चार हजार ८२५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसकी नसिमा बानो चार हजार ६३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले चार हजार ४२१ मत प्राप्त गर्नुभएको छ ।

उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा दुई हजार १८ मत बदर भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts