Friday, July 28, 2017

स्वदेश फर्कन भुटानी शरणार्थीको माग

उर्लाबारी (मोरङ), १३ साउन । पथरीशनिश्चरे र झापाको दमकमा बसोबास गर्दै आएका स्वदेश फर्कन चाहने भुटानी शरणार्थीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाई शरणार्थीले स्वदेश फर्कन पाउनुपर्ने अन्तर्राष्ट्रिय नियमअनुसार आफूहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गरेका छन् ।

भुटान स्वतन्त्र जनमञ्चले इमेलमार्फत प्रधानमन्त्री देउवालाई स्वदेश फर्कन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । आफूहरूले स्वदेश फर्कन चाहनेहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनमञ्चका महासचिव डिबी सुब्बाले जानकारी दिनुभयो ।

उहाँले पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारी निकायले आफूहरूको मागका सम्बन्धमा बेवास्ता गरेको आरोप लगाउनुभयो । मोरङ र झापामा रहेका शिविरमा अहिले करिब १२ हजार भुटानी शरणार्थी छन् । युरोप, अमेरिका र अष्ट्रेलियामा करिब ७० हजार भुटानी शरणार्थी गइसकेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts