Friday, July 28, 2017

महादेव मूर्तिको शिलान्यास

नगरकोट, १३ साउन । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–८ र काभ्रे जिल्लाको बनेपा नगरपालिका–१ को दोसाँधमा १०८ फिट अग्लो शिव मूर्ति शिलान्यास भएको छ ।

नाग पञ्चमीको अवसरमा आज १०८ फिट अग्लो महादेव मूर्तिको शिलान्यास नेपाली कांँग्रेसका नेता प्रकाशमान सिंह र शिवतान्त्रिक गुरु बुद्धिकुमार खड्गीले संयुक्तरुपमा गर्नुभयो ।

कार्यक्रममा नेता सिंहले स्थानीय स्तरको विकासका लागि समुदायको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । सांसद कञ्चनचन्द्र बादे, पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सांसद रामेश्वरप्रसाद ढुंगेल, चाँगुनारायण नगरपालिका–८ का वडा अध्यक्ष परासर सापकोटा, बनेपा नगरपालिका–१ का अध्यक्ष पीताम्बर दुलाललगायतले महादेव मूर्तिको स्थापनाले ग्रामीण क्षेत्रमा धार्मिक पर्यटनको विकासका साथै यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
सो शिव मूर्ति निर्माणमा रु २१ करोडको लागत लाग्ने कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजले अनुमान गरेको छ । उक्त रकम शिवतान्त्रिक वुद्धिकुमार खड्गी गुरुले संकलन गरेको भेटी र स्थानीयको सहयोगमा मन्दिर निर्माण हुनेछ ।

कल्पेश्वर महादेव मूर्ति स्थापनाको लागि कलमसीको ८२ रोपनी खुल्ला चरण क्षेत्र कालिका कल्पेश्वर महादेव मन्दिरको नाउँमा केही वर्षअघि भोगाधिकारमा आइसकेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts