Friday, July 28, 2017

दुवै मिर्गौलाले काम गर्न छोडेपछि पूर्वमन्त्री शेर्मा अस्पतालमा

पाँचथर, १३ साउन । दुवै मिर्गौला काम गर्न छोडेपछि नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा एक सातादेखि अस्पतालमा उपचाररत हुनुहुन्छ ।

केही साता अघिदेखि सामान्य बिरामी हुनुभएका शेर्माको दुवै मिर्गौलाले काम गर्न छाडेकाले एकसाता अघि वीर अस्पताल पुग्नुभएकामा आपतकालीन शय्या नभएको भन्दै अस्पतालले फिर्ता गरेपछि पुल्चोकस्थित निदान अस्पतालमा उहाँ भर्ना हुनुभएको थियो ।
काँग्रेसको पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका ७४ वर्षीय शेर्मालाई डायलासिसमार्फत थप उपचारको प्रक्रिया अगाडि बढाइएको काँग्रेसका नेता धर्मेन्द्रविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

एक साताअघि शेर्मालाई एक्कासि शरीरमा असहज भएपछि अस्पताल पु¥याइएकामा सम्बद्ध चिकित्सकले मिर्गौलाले काम गर्न छोडेको जानकारी दिएको थियो ।

डायलासिस गर्न थाल्नुभएका उहाँ शनिबारसम्म अस्पतालमै रहने बताइएको छ । इमान्दार र निष्ठावान नेताको पहिचान बनाउनुभएका शेर्मा नेपाली काँग्रेसको १२ औँं र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो ।

पाँचथर जिल्लाको पार्टी सभापति भइसक्नुभएका शेर्मा पहिलो संविधान सभाको निर्वाचनमा सभासद् बन्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts