Wednesday, July 5, 2017

बराह नगरपालिकामा एमाले विजयी

इटहरी, २१ असार । सुनसरीको बराह नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का निलम खनाल १४ हजार ६०९ मत तथा उपप्रमुख पदमा पनि एमालेकै कमला मगर १४ हजार ४४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराम विष्टले ११ हजार ४८९ मत प्राप्त गर्नुभयो भने उपप्रमुख पदका उम्मेदवार काँग्रेसकै पूजाकुमारी धामीले १३ हजार ३५९ मत ल्याउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts