Wednesday, July 5, 2017

जहदा गाउँपालिकामा सङ्घीय समाजवादी विजयी

विराटनगर, २१ असार । मोरङको जहदा गाउँपालिका अध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका कैलाशप्रसाद मण्डल पाँच हजार ४१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतेन्द्रप्रसाद साहले तीन हजार ६५९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा सोही पार्टीका सालोदेवी साहले चार हजार ४०० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनिता हास्दाले तीन हजार ५५८ मत प्राप्त गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts