Tuesday, July 11, 2017

जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु

दुनै (डोल्पा), २७ असार । डोल्पामा यातायातको एक मात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलको दुई सय मिटर कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।

जम्मा ५६० मिटरमध्ये असार १ देखि २६ गतेसम्म २६ दिनको अवधिमा २०० मिटर कालोपत्र गर्ने कार्य सम्पन्न भएको विमानस्थल निर्माणका आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिनुभयो । आँउदो भदौ पहिलो सातासम्ममा कालोपत्र गर्ने कार्य सम्पन्न गरेर हवाई यातायात सञ्चालनमा ल्याउने योजना रहेको आयोजना प्रमुख शाहीले बताउनुभयो ।

बर्खायाम सुरु भएकाले काम गर्ने क्रममा बीच–बीचमा पानी परेर समस्या उत्पन्न हुने गरेको शाहीको भनाइ छ । कर्णालीका चारवटा विमानस्थल कालोपत्र भइसके तापनि डोल्पाको जुफाल विमानस्थलमा भने कालोपत्र गर्ने कार्य भर्खरै शुरु भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts