Wednesday, August 16, 2017

खाल्डोमा डुबेर बालकको मृत्यु

उर्लाबारी (मोरङ), ३२ साउन । मोरङको उर्लाबारीसँगै सीमा जोडिएको झापाको दमक नगरपालिका–१० नलबारीमा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीय एक बालकको मृत्यु भएको छ ।

गोविन्द लिम्बूको ६ वर्षीय छोरा तिलक लिम्बूको घर अगाडि वर्षाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

आज बिहान बालकलाई उनकी आमाले पानीमा डुबेको अवस्थामा भेटेपछि उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts