Saturday, August 12, 2017

आरम्भमा गाईजात्रा कवि गोष्ठी सम्पन्न

काठमान्डौ ।
आरम्भ साहित्य मञ्चले गाई जात्राको अवसर पारेर आफ्नो पाँचौं वार्षिक उत्सव एवं बहुभाषिक कवि गोष्ठी सम्पन्न गरेको छ ।
आरम्भ साहित्यिक मञ्चका अध्यक्ष प्रेम ओली “ढकलपुरे“ को अध्यक्षतामा सम्पन्न उक्त कवि गोष्ठीको प्रमुख आतिथ्यता बरिष्ठ सहित्यकार डा तुलसी भट्टराईले गरेका थिए भने चट्याङ मास्टर र ज्ञानुवाकर पौडेल बिशेष अतिथीका रुपमा रहेका थिए ।

कार्यक्रममा आ आफ्ना रचना मार्फत कविहरुले समसामयिक राजनीति, नेता, सामाजिक बिकृति, भ्रष्टाचार आदि बिषयबस्तुमाथि ब्यङग्य बाण चलाएका थिए भने कतिपय कविहरुले माया प्रेम जस्ता विषयमा रचिएका रचनाहरु प्रस्तुत गरेका थिए । त्यसैगरी कतिले नजिकिंदै गरेको महिलाहरुको महान् चाड तीज सम्बन्धी गीत मार्फत पनि ब्यङ्ग्य गर्न भ्याएका थिए । चट्याङमास्टर, ज्ञानुवाकर पौडेल, प्रेम ओली ढकलपुरे, पुन्य आचार्य, केरा अर्याल, डिल्ली प्रसाद, रुद्र अधिकारी, उदय दास, गोपाल नेपाल, बिजय बिस्वास, रघु अधिकारी, द्वारीका कुइँकेल, देबी प्रसाद सापकोटा, ऋचा, भुवन सिवाकोटी, अभीकेषर ओली, राधा कार्की, डा बिदुर वस्ती, पुष्पा खनाल, शशी थापा, सुमन घिमिरे वर्षा, बिमला अधिकारी, मुकुन्द न्यौपाने लगायतका कविहरुको जोडदार गाईजात्रे प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो ।

सोही कार्यक्रममा आफ्नो पाँचौं वर्षगाँठको अवसरमा आरम्भलाई हरतरहले सहयोग र साथ दिंदै आएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा आरम्भका नियमित समीक्षक काली प्रसाद पोखरेल तथा मन्दाकिनी होटल गौशालाका दामोदर नेपाल र घट्टेकुलो विकास समाज रहेका थिए । आरम्भका अध्यक्षले त्यस कार्यक्रमलाई बिशेष सहयोग पुर्याउने कवि प्रविण भन्डारीलाई धन्यबाद प्रकट गरेका थिए ।


आरम्भका संस्थापक सदस्य रघुनाथ अधिकारीको स्वागत मन्तब्यबाट शुरु गरिएको उक्त काव्य गोष्ठी कवि बिजय बिस्वासले सञ्चालन गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts