Saturday, August 12, 2017

भीमफेदीमा पहिरोले घर पुर्दा महिलाको मृत्यु

हेटौँडा, २८ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा आज बिहान पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पहिरोले स्थानीय श्रीकृष्ण दानीको घर पुर्दा उनकी श्रीमती मिठु दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त घटनामा छिमेकी रुपा खड्का सामान्य घाइते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यसैबीच, अविरल वर्षापछि आएको बाढीले त्रिभुवन राजपथ बन्द भएको छ ।

उक्त राजमार्गको हेटौँडा–बागडोरामा बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि दुवैतर्फ ठूलो संख्यामा यातायातका साधन बीच बाटोमै रोकिएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts