Sunday, August 13, 2017

विद्यालय फुटसल प्रतियोगिता साउन ३२ गतेदेखि

मध्यपुर थिमी, ३० साउन । अन्तर विद्यालय फुटसल च्याम्पियनसिप–२०१७ साउन ३२ देखि भदौ २ गतेसम्म थिमीको प्रमोसनल फुटसलमा हुने भएको छ ।

प्रतियोगितामा चारवटा नगरपालिकाको २४ वटा विद्यालय टोलीले सहभागिता जनाउनेछ ।

सो प्रतियोगिता मध्यपुर चेतनशील युवा क्लबको आयोजनामा हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ‘लिग सिरिज’मा खेलिनेछ ।

विजयी टोलीलाई सिल्ड, मेडल, प्रमाणपात्रका साथै नगद रु १५ हजार पनि प्रदान गरिने आयोजकले बताएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts