Friday, August 11, 2017

शिक्षा कार्यालयका सब इन्जिनियर घुससहित पक्राउ

गौर (रौतहट), २७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहट जिल्ला शिक्षा कार्यालयका सब–इन्जिनियरलाई घुससहित आज पक्राउ गरेको छ ।

जिल्ला सदरमुकाम गौरको बिपी चोकको एक चिया पसलबाट सव–इन्जिनियर ललनकुमार सिंहलाई सेवाग्राहीसँग रु ३५ हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो ।

जिल्लाको माधवनारायण गाउँपालिकास्थित श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेस्रो किस्तावापतको रकम निकासा गराइदिन सवइन्जिनियर सिंहले विद्यालयका पूर्व प्रधानाध्यापक रामउदर यादवसँग रु ३५ हजार घुस रकम लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

सिंहलाई आवश्यक अनुसन्धानका लागि आयोगको क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts