Tuesday, August 15, 2017

आगलागीबाट १३ लाखको क्षति

बनेपा, ३१ साउन । बनेपा–८ स्थित करुणामार्गमा रहेको एउटा होटेलमा आज ग्यास चुहिएर आगलागी हुँदा रु १३ लाख बराबरको धनमाल क्षति भएको छ ।

घरधनी जुजुभाइ पोटेको घरमा रहेको इन्द्रेणी खाजा घरमा लागेको आगो घरसँग जोडिएको सम्झना कनेक्सन र न्यू फेन्सी टेलरमा समेत लागेपछि दुवै पसलमा रहेका लुगाहरु जलेर करिब रु चार लाख ५० हजारको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

त्यस्तै, पोटेको घरका विभिन्न सामान र कुुमार श्रेष्ठको इन्द्रेणी खाजा घरको खाद्यवस्तु जलेर रु आठ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी नायब निरीक्षक भक्तराज श्रेष्ठले जानकारी दिनुभयो । आगोलाई नियन्त्रणमा लिन आधा घण्टा समय लागेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts