Tuesday, August 15, 2017

प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग पुर्याउन एनएजिसीको आव्हान


नेपालमा हालसालै भएको प्राकृतिक प्रकोपका कारण अत्यन्तै प्रभावित भएका क्षेत्रका नेपालीहरुको सहयोगका लागि नेपाल विश्व सहयोग संघ एनएजिसीले संसारभरका नेपाली समक्ष हार्दिक आह्वान गरेको छ ।
संघका संस्थापक अध्यक्ष मणि नेपाली पनेरुले एक विज्ञप्ति प्रकाशित गरी उक्त आह्वान गरेका हुन् । अध्यक्ष पनेरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी अथवा जन्म दिने आमा र जन्म भूमि स्वर्ग भन्दा पनि प्रिय हुन्छ। आफ्नो आमालाई घाऊ हुँदा नदुख्ने सन्तानलाई असल मान्छे भनिँदैन। एक कविले भनेका थिए ू मर्यो जिउँदै त्यो जस्ले बिर्स्यो देशको माटो, बाँच्यो सदा त्यो जस्ले सम्झ्यो देशको माटो। हामी नेपाली संसारको जुन सुकै कुनामा हौँ माटो र मुटुको नाता छ, देशलाई घाऊ हुँदा हाम्रो मुटु बल्कन्छ, बल्कन पर्छ। दुई बर्ष अघि मात्र बिनासकारी भूकम्पले आक्रान्त नेपालमा पुन बिनासकारी बाढी र पहिरोले धेरै धन जनको क्षती भएको छ। प्रारम्भिक अनुमान अनुसार झन्डै १०० जना को ज्यान गएको छ, हजारौं घरबार बिहिन भएका छन। यस गम्भिर प्राक्रितिक प्रकोपको कारण पीडित नेपाली दाजु भाई दिदी बहिनीहरु प्रती नेपाल विश्व सहयोग संघ एन ए जि सि गहिरो समवेदना प्रकट गर्दछ। यस दुस्खद घडीमा एन ए जि का सम्पूर्ण शाखाहरुलाई देश काल परिस्थिती हेरी स्वतन्त्र रुपमामा वा अन्य संस्थाहरु सङ्ग हातेमालो गर्दै प्रभावकारी र पार्दर्शी ढङ्गले बढी भन्दा बढी सहयोग संकलन गरी राहत कार्यमा सँलग्न हुन आव्हान गर्दछु विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी विज्ञप्तिमा अगाडि भनिएको छ यस क्रममा स्वतस्फूर्त रुपमा चन्दा संकलन सुरु गरेका बिभिन्न संघ संस्थाहरु प्रती नेपाली जनताको तर्फबाट हार्दिक कृतज्ञताका साथ आभार व्यक्त गर्दछु।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts