Saturday, August 19, 2017

मनसुनी न्यूनचापीय प्रणालीले बदली र वर्षा

काठमाडौँ, ३ भदौ । मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट विस्तारै सर्दै गरेको र मध्य भेगमा न्यूनचापीय क्षेत्रको विकासले काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भारतको उडिसा राज्य र उत्तर–पश्चिम बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको कारण पनि नेपालको मौसममा प्रभाव पारेको छ ।

अहिले देशभर बदली र मध्य भेगमा वर्षा रहेको र यो क्रम भोलि आइतबार पनि जारी रहने मौसमविद् पौडेलको भनाइ छ । साँझपख देशका अन्य स्थानमा पनि सामान्य वर्षा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सबै भन्दा बढी ताप्लेजुङमा ४० र सबैभन्दा कम काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ ।

विराटनगरमा १३, पोखरामा २१, जुम्लामा ११, वीरेन्द्रनगरमा १० र दिपायलमा १२ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम ३१ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts