Saturday, August 19, 2017

कुहिएको अवस्थामा महिलाको शव फेला

गौशाला, ३ भदौ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला– २ स्थित सुर्तीविकास चोकभन्दा चार सय मिटर पश्चिम ऊखुघारीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको बताउनुभयो ।

नाम, थर, वतन केही नखुलेको अन्दाजी ४० वर्षीया महिलाको ६, ७ दिनअघि मृत्यु भई अनुहार, मुख, नाक, र शरीरको विभिन्न भागमा किरा परेको तथा पूरै शरीर कुहिएको अवस्थामा शव फेला परेको हो ।

आज बिहान ११ बजे स्थानीय महिला घाँस काट्न ऊखुघारतिर जाँदा मृतक महिलाको शव गन्हएपछि उनीहरुले इलाका प्रहरी कार्यालय गौशालामा खबर गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts