Sunday, August 13, 2017

सार्वजनिक शिक्षा सुधारमा सामूहिक पहल गरिने

धुलिखेल, ३० साउन । सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि विभिन्न विद्यार्थी संगठनले सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आइतबार यहाँ आयोजना गरेको कार्यशालामा अनेरास्ववियुका अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष डिल्लीराम सुवेदी, अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य रमेश ढकाल, संघीय समाजवादी फोरमका अध्यक्ष विकेक राई, लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष कपलेश्व यादव, नयाँ शक्ति विद्यार्थी मञ्चका तारा शर्मा, अखिल (छैटौँ)का दिवस पौडेललगायतले सो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले संयुक्त विद्यार्थी मञ्च र शिक्षामा काम गर्ने नागरिक संस्थाबीच समन्वय गरी सार्वजनिक शिक्षा सुधारलाई सामूहिक मुद्दा बनाउने सहमति गरेका हुन् ।

कार्यक्रममा शिक्षाविद् डा मनप्रसाद वाग्ले, शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल, एनसिई नेपालका उपाध्यक्ष शुभेन्द्रमान श्रेष्ठ, सदस्य डा नारायण काफ्लेले सार्वजकि शिक्षा, संघीयता, युवा र दिगो विकास लक्ष्यबारे प्रस्तुति दिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts