काठमाडौँ, ३० साउन । विश्व हिन्दू महासङ्घले मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरोले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बास्तोलाले आइतबार एक विज्ञप्ति जारी गरी केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।
विज्ञप्तिमा बाढीपहिरोका कारण सुनसरी, झापा, सिन्धुली, दाङ, बर्दिया, मोरङलगायत जिल्लामा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु तथा १५ जनाभन्दा बढी सङ्ख्यामा व्यक्ति बेपत्ता भएको, सयाँै घर डुबानमा परेको, हजारौँ व्यक्ति घरबारविहीन एवम् विस्थापित हुन पुगेको जनाइएको छ ।
महासङ्घले कोशी नदीमा पानीको बहाव बढेसँगै बाँध फुट्ने र छिमेकी मुलुकलाई समेत ठूलो क्षति पुग्ने भन्दै समयमा नै कूटनीतिक पहल गरी समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ । महासङ्घले दुःखद घडीमा पीडितको उद्धार गरी राहत कार्यमा लाग्न सार्वजनिक रुपमा अपिलसमेत गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment