Tuesday, August 15, 2017

बाढीपहिरो पीडितका लागि बारले रु एक लाखको कोष खडा गर्ने

काठमाडौँ, ३१ साउन । नेपाल बार एसोसिएसनको आज बसेको बैठकले तराईमा वर्षाका कारण भएको बाढी पहिरो पीडितलाई सहयोग गर्न रु एकलाखको कोष खडा गर्ने निर्णय गरेको छ ।

बाढी पीडितका लागि रु एक लाखको कोष खडा गरी वाणिज्य बैंकको खाता नम्बर ३४४३२ मा बचत गर्न सम्पूर्ण कानुन व्यवसायी, बार एकाइ तथा इच्छुक संघसंस्थालाई आग्रह गरेको बारका महासचिव खुम्बबहादुर खातीले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण विशेषगरी तराईमा आएको बाढी कारण कयौको ज्यान गएको छ भने कतिपय घरबारविहीन भएकोप्रति बार मर्माहत भएको र यस दुःखद् घडीमा सहयोग गर्न एसोसिएसनले सबैमा अपिल गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts