काभ्रे, १३ भदौ । शब्दयात्रा प्रकाशन काभ्रेपलाञ्चोकले फरक विधाका चार व्यक्तिलाई आज सम्मान गरेको छ ।
बनेपामा आज आयोजित कार्यक्रममा यस वर्षको शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान रेडियो नेपालका आध्यात्मिक कार्यक्रम सञ्चालक पुरुषोत्तम सापकोटा, नेपालभूमि स्तम्भकार सम्मान प्रेम कैदी शब्दयात्रा फोटो पत्रकारिता सम्मान वसन्तकुमार चित्रकार र शब्दयात्रा साहित्यिक पत्रिका सम्मान रामप्रसाद पन्तलाई दिइएको छ ।
त्यसैगरी शब्दयात्रा प्रकाशनको स्थापनादेखि अहिलेसम्म कलम चलाउँदै आएका क्रियाशील पत्रकार ‘गोरखापत्र’का काभ्रे संवाददाता मधुसूदन तिमल्सिना र ‘नयाँ पत्रिका’का संवाददाता राजकुमार गोलेलाई सम्मान गरिएको छ । कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित श्रीधर प्याकुरेलको ‘ज्योतिषकाव्य’, हरि मञ्जुश्रीको ‘माधुरी आचार्य’ लगायत आठ पुस्तक विमोचन गरिएको थियो । रासस
No comments:
Post a Comment