Saturday, September 30, 2017

राष्ट्रिय एकताको प्रतीक बनोस् बडा दशैं – राष्ट्रपति भण्डारी

नेपालीहरुको महान् चाड बडा विजया दशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै यो बडा दशैँ राष्ट्रिय एकताको प्रतीक बन्न सकोस् भन्ने कामना गरेकी छिन् ।
बडा दशैँको दशौं दिन अर्थात विजया दशमीका दिन शुभकामना सन्देश दिँदै राष्ट्रपतिले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम गर्न बडा दशैंले सबैमा सहयोग पुर्याओस् भन्ने कामना समेत गरेकी छिन् ।
हाम्रो देश नेपाल बिभिन्न जातजाति, भाषा भाषी एवं संस्कृतिको अनुपम संगम रहेको विभिन्न धर्मावलम्बीहरुको साझा फूलबारी भएकोले यहाँ मनाईने सबै पर्वहरुले भौगोलिक, धार्मिक, साँस्कृतिक एवं जातीय विविधताले सबैलाई एक आपसमा भातृत्व भावले बाँधेको राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा आगामी मंशिरमा हुन लागेको निर्वाचनमा जागरुक भएर भागलिन दुर्गा भवानीले शक्ति प्रदान गरुन् भन्दै कामना समेत गरेकी छिन् ।

मान्यजनहरुको हातबाट टीका ग्रहण गरेर बडा दशैंको टीका मनाईँदै

आज हिन्दू धर्मावलम्बीहरुको महान् चाड बडा दशैं अन्तर्गत टीकाको दिन बिहान ११ बजेर ५५ मिनेटको शुभ मुहूर्तमा घर घरमा मान्यजनहरुबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिएर मनाइँदैछ ।
आजको दिन नेपालीहरुको महान् चाड बडा दशैंको पहिलो दिन अर्थात घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको पूर्ण घडाको जल तथा जमरा अनि फूलपातिका दिन भित्र्याइएको फूलपाति समेतले दुर्गा भवानीको बिसर्जन गरी पूर्ण घडाको जलबाट अभिषेक गरेर मान्यजनहरुबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गर्ने प्रचलन रहेको छ ।
१५ दिनसम्म मनाईने बडा दशैं मध्ये विजया दशमी महत्वपूर्ण दिन हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवि शक्तिको विजयको उत्सवको रुपमा मनाइने आजको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म दुर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा आदि लगाएर मान्यजनबाट आयु आरोग्य, यश एवं ऐश्वर्य तथा दीर्घ जीवनको आशीर्वाद लिइन्छ । त्यतिमात्र होइन यो चाडलाई संसारभर रहेका नेपालीहरुले पुनर्मिलनको चाडको रुपमा लिँदै एकता, भातृत्व र प्रेम तथा सद्भावको पर्वको रुपमा समेत लिने गर्दछन् । विशेषतः परदेशमा रहेका नेपालीहरु समेत यो चाडलाई महत्वपूर्ण रुपमा लिँदै वर्षदिनमा आउने महान् चाड मनाउन स्वदेश आउने हुँदा यो समय एयरपोर्ट तथा बसपार्कहरुमा अन्य समयभन्दा बढी भीडभाड रहने गर्दछ ।
आजकै दिन देशमा गणतन्त्र स्थापना हुनु पूर्व राजाको हातबाट सर्वसाधारणले टीका ग्रहण गर्ने चलन रहेको थियो भने मुलुक गणतन्त्रात्मक शासन पद्धतिमा गएपछि राष्ट्रपतिको हातबाट सर्वसाधारणले टीका ग्रहण गर्न थालेका छन् ।

 

Friday, September 29, 2017

आज विजयादशमी

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले बताउनुभयो ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य बैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । रासस

१८ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधी नेपाललाई

भुटानमा सम्पन्न १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपाली टोलीले हात पारेको छ ।
थिम्पुमा सम्पन्न उक्त फाइनल प्रतिस्पर्धामा भारतलाई २-० ले हराउँदै नेपालले उपाधि चुमेको हो । उपाधि हात पार्नमा नेपाली टोलीका खेलाडी दिनेश हेन्जन नायक साबित भए । खेल शुरु भएको दोश्रो मिनेटमा नै पहिलो गोल गरेर हेन्जनले नेपाललाई १-० को अग्रता दिलाएका थिए भने खेलको ३७ औं मिनेटमा अर्को गोल थप्दै हेन्जनले नेपाललाई २-० को अवस्थामा पुर्याए । त्यसपछि भारतले कुनै गोल गर्न नसकी खेल समाप्त भएपछि नेपालले उपाधी हात पारेको थियो ।
उपाधि हात पार्नका लागि जित्नै पर्ने दबाबमा रहेको नेपालले प्रतियोगिताको पहिलो खेलमा नै अत्यन्त कमजोर टिम मानिएको भुटानसँग १-० को लज्जास्पद हार ब्यहोरेको थियो भने अन्य खेलमा बंगलादेशलाई २-१ तथा माल्दिभ्सलाई २-० ले हराएको थियो ।

दशैंको टीकाको शुभ मुहूर्त बिहान ११ः ५५ मा

नेपालीहरुको महान् चाड बडा दशैं अन्नर्गत विजया दशमी (टीका)को शुभ मुहूर्त शनिबार बिहान ११ बजेर ५५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।
हिन्दू परम्परा अनुसार टीकाको दिन शुभ मुहूर्त(साईत)मा आफूभन्दा ठूलाको हातबाट टीका तथा जमरा ग्रहण गरेर आशीर्वाद लिने प्रचलन रहेको छ ।
पञ्चांग निर्णायक समितिका अनुसार बिहान ८ बजेर १ मिनेटमा देवी बिसर्जनको शुभ साईत रहेको छ भने देवी बिसर्जन पश्चात् टीकाको साईतमा टीका ग्रहण गर्न उत्तम हुने जनाइएको छ ।
दशैंको टीकाको दिनदेखि शुरु हुने टीका ग्रहण कोजाग्रत पूर्णिमासम्म चालु रहने र सोही दिन ब्रत बसेर महालक्ष्मीको पूजा अर्चना गरी बिसर्जन गरेपछि टीका समाप्त हुने प्रचलन छ भने कतै कतै चाहिँ टीकाको दिनमा मात्र टीका ग्रहण गर्ने प्रचलन रहेको पाईन्छ ।

एनआरएनए आइसिसीको महिला उपाध्यक्ष पदमा सपिला राजभण्डारीको उम्मेदवारी

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला उपाध्यक्ष पदमा वर्तमान आईसिसी महिला संयोजक सपिला राजभण्डारीले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने आठौं विश्व सम्मेलन मार्फत आगामी २०१७ – २०१९ कार्यकालका लागि आफूले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने उनले घोषणा गरेकी हुन् ।
महिला संयोजक राजभण्डारीले उपाध्यक्ष पदका लागि तयार गरेको घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो उम्मेदवारीलाई सार्वजनिक गरेकि हुन् ।

आईसिसीको उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट पार्दै उनले घोषणा पत्रमा भनेकी छिन् ‘ विश्वभरि छरिएररहेका ५० लाख नेपालीहरूको साझा संजाल, ‘नेपालको लागि नेपाली’ भन्ने मूल नाराका साथ सन्२००३ सालमा स्थापित गैर आवासीय नेपाली संघ, आज प्रवासी नेपालीहरूको पहिचानको भावनात्मक अभियान मात्र नभई, नेपाल र समस्त नेपालीहरुको सामाजिक, सास्कृतिक र आर्थिक समृद्धिको एक अभिन्न अंग बनेको छ।’ गैर आवासीय नेपाली संघले गरेका क्रियाकलापले नै यस संगठनको औचित्य तथा अपरिहार्यताको नेपाली जनता र सरकारले उच्च मूल्यांकन गरेको बताउँदै यस संगठनलाई यो उचाईमा पुर्याउन संस्थाका संस्थापक अग्रजहरूको दूरगामी सोचाई, अथक मिहेनत, समर्पण र असिम योगदानका साथ सबै एनआरएनहरुको पूर्वज प्रतिको श्रद्धा, आफ्नो भाषा,संस्कृति र पहिचान प्रतिको लगाव, देशभक्ति र हामी बिचको अभूतपूर्व एकता, नेपाली जनताको सद्भाव र सरकारको सहयोगले नै सम्भव भएको बताउने राजभण्डारी कूटनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएर हुर्किएकी भएतापनि गैर आवासीय नेपाली अभियानका सिद्धान्त, उद्धेश्य र संस्थापक अभियन्ताहरूबाट अत्यन्त प्रभावित भई यस संगठनको प्रास्थान विन्दु रुसको राष्ट्रिय समन्वय परिषदसंग स्थापना कालदेखि नै आवद्ध रहेर विशेषत महिला हक, हित र सशक्तिकरणको लागि काम गर्न सदैव तत्पर भईरहने उनी गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०१३ देखि हालसम्म दुई कार्य अवधि महिला संयोजकको पदमा निर्विरोध निर्वाचित भएर निरन्तर सक्रिय छिन् ।
१४ वर्ष लामो संघको एनसिसी तथा आइसिसीका विभिन्न पदमा रहेर काम गरेको अनुभवलाई प्रष्ट्याउँदै उनले प्रवासी नेपालीहरुको आवश्यकतासँग आफू साक्षात्कार भएकोले परोपकारी काममा अझ बढी सशक्त ढंगले प्रस्तुत हुन आफ्ना अनुभवहरुले साथ दिने बताएकी छिन् । साथै उनले आईसिसीको विभिन्न पदमा बसेर नेपालमा स्वास्थ्य शिविर र जागरूकता कार्यक्रम, परोपकारी परियोजना र प्राकृतिक प्रकोप र विपदको बेलामा नेपालमा रहेर स्थलगत राहत कार्य गर्दा आम नेपाली जनताको दैनिक जीवन, समस्या र संघर्षहरू नजिकबाट अवलोकन गर्ने मौका पाएको बताउँदै ती कामहरुको अनुभवले देश र देशबासी प्रति आफ्नो कर्तव्य र उत्तरदायित्त्व अझ बलियो भएर आएको बताएकी छिन् ।
उम्मेदवारीसँगै आफ्ना प्राथमिकता र प्रतिवद्धताहरुको चर्चा गर्दै उनले बैदेशिक रोजगारीको क्रममा नेपाली महिलाहरुको समस्याको समाधान र समस्त महिलाहरुको हक, हीत , अधिकार, समुन्नति र सशक्तिकरण नै आफ्नो प्राथमिकता रहने बताएकी छिन् । त्यसैगरी बैदेशिक रोजगारमा रहेका महिलाहरुले खेप्नु परेका विभिन्न समस्या र त्यसको निराकरणका लागि नेपाली सरकार, दूतावास , एनआरएनए एनसिसी र महिलाहरुको क्षेत्रमा काम गर्ने सम्बन्धित देशका सरकारी, गैर सरकारी कल्याणकारी संस्थाहरुसंग समन्वयकारी सम्बन्ध बिस्तार गर्ने, एक हजार भन्दा बढी संख्यामा नेपाली महिला रोजगार भएको देशमा नेपाली राजदूतावाशको संरचनामा आपतकालीन सुरक्षा गृहको स्थापनाको जोडदार प्रयास गर्ने, महिला श्रमिकहरुको स्वास्थ्य बिमामा गर्भवती अवस्था र प्रसुति खर्चका साथै नवजात शिशुको स्वास्थ्य तथा चिकित्सा सम्बन्धी व्ययभार पनि समावेश गर्न पहल गर्ने, एनआरएन महिलाका बिदेशमा जन्मिएका सन्तानको नेपाली नागरिकताको हक र नेपालमा अन्य नागरिकले पाउने सम्पूर्ण अधिकार प्राप्तिको निम्ति संघर्षरत रहने, विशेषतः खाडी तथा मलेशिया जस्ता राष्ट्रहरुमा अधिकांश नेपाली महिलाहरु बैदेशिक रोजगारीको क्रममा घरेलु काममा संलग्न हुनु पर्ने अवस्थामा उनीहरुको कार्य क्षेत्रको स्तरोन्नतिका निम्ति र नेपालमा अन्य सीपमूलक तालिम केन्द्रहरुको स्थापनाको लागि नेपाल सरकार र सम्बन्धित निकाय संग संयोजनकारी भूमिका निर्वाह गर्ने, गैर आवासीय नेपाली संघ, आप्रवासी नेपालीहरुको संगठन मात्र नभई एक नितान्त भावनात्मक अभियान पनि हो तर अहिलेसम्म पंजीकृत सदस्यहरुको संख्या निकै कम भएकोले अझै पनि एनआरएनका सम्पुर्ण पक्षहरु सम्मिलित नभएको अवस्था भएकाले सदस्य पंजीकृत अभियानलाई अझ सशक्त बनाउन विभिन्न प्रकारका कार्यक्रम र योजना बनाउने, संस्थाको भविष्य बिदेशमा नै जन्मिएका हुर्किएका दोश्रो, तेश्रो एन आर एन पिढीहरुको यस संस्थासंगको आवद्धताले भर पर्ने भएकाले एन आर एनएका आगामी कार्यक्रमहरुमा नया पिढीहरुको समस्या, चुनौती र अवसरहरुलाई पनि संवोधन गर्न सक्ने बनाउने, नेपालको आर्थिक, सामाजिक विकास र परोपकारी कार्यहरुमा एनआरएनएले खेलेको महत्वपुर्ण भूमिका सहर्ष स्वीकार गर्दै आफ्नो कार्य क्षेत्र र सहयोग असिमित रुपमा बढाउन, आफ्नो कर्मभूमिको सरकारी, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा सक्रिय सहभागी भई त्यहाँको सरकार र अन्य विभिन्न निकायहरु संग नेपालको विकास र प्रवर्धनको निमित्त निरन्तर लविड. गर्न प्रत्येक देश र त्यहाँ रहेका एनआरएन बुद्दिजिवि, सफल व्यवसायी, अन्य प्रवुद्ध वर्गका साथै नेपाल प्रेमी स्थानीयहरु सम्मिलित लविड. ग्रुपको संरचनाको परिकल्पना तयार पार्ने आदि बताएकी छिन् ।
त्यसैगरी उनले विभिन्न व्यक्तिगत समस्याका साथै अन्तर्राष्ट्रिय मानव तस्करी माफियाहरुको जालझेलले ज्ञान, अज्ञानमा निकै ठुलो संख्यामा नेपालीहरु गैर कानूनी रुपमा आप्रवासी हुनु परेको यथार्थ औंल्याउँदै त्यस किसिमको गैर कानूनी अवस्थामा सिमित हुन पुग्ने मानन अधिकार लगायतका अमानवीय गतिविधलाई निरुत्साहित पार्दै नेपाल र बिदेशमा समेत आप्रवासन सम्बन्धी नीति नियमहरुको बारेमा यस क्षेत्रका विज्ञहरुसँगको सहकार्यमा कार्यक्रमहरु अगाडि बढाउने, वर्षेनी लाखौंको संख्यामा विदेशीने नेपाली यूवाहरुको रोजगारीका लागि देशभित्र नै रोजगारी सिर्जना गर्न एन आर एनएको सक्रियता र संलग्नतामा विभिन्न आर्थिक विकासका परियोजना ल्याउन नेतृत्वदायी भूमिका खेल्ने जसका लागि विदेशमा आर्जन गरेका ज्ञान, शिप र दक्षता सहित फर्किएका नेपालीहरुलाई नेपालमा नै रोजगारीको प्राथमिकता दिने, वैदेशिक रोजगारीका सम्बन्धमा नेपालमा विद्यमान भ्रम तथा सूचना हटाउन देशका विभिन्न क्षेत्रमा स्थानीय निकाय, शैक्षिक संस्थाहरु र यस क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुसंग मिलेर कार्यक्रम संचालन गर्ने, संघले गरिरहेका विभिन्न परोपकारी कार्यहरुलाई निरन्तर र अझ प्रभावकारी रुपमा संचालन गर्न नेतृत्वदायी भूमिका निभाउने, एनआरएनएका समस्या, चुनौती र हक हित, बैदेशिक रोजगारीहरुको श्रम अधिकार, एनआरएनको नेपाली नागरिकताको निरन्तरता साथै मताधिकारको सुनिस्चता जस्ता क्षेत्रमा नेपाल सरकार र सम्बन्धित निकाय संग समन्वय र सहकार्य गर्ने तथा नेपालको अर्थतन्त्रमा एनआरएनको ज्ञान, सीप, श्रोत र साधन मात्रै नभई बैदेशिक लगानीको लागि उपयुक्त वातावरण बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्र तथा सरकारी निकायहरुसंग संयोजन र सहकार्यका थप योजना बनाउनुका साथै नेपाली उत्पादनको निर्यात तथा एन आर एन ब्यापारी समुदायको विकास, बिस्तार, समन्वय र पारस्पारिक सहयोगको निमित्त प्रत्येक एनसिसीमा विजनेसम्यान क्लबको स्थापनाको परिकल्पना समेत तयार पारेको उनले बताएकी छिन् ।
त्यसैगरी उनले नेपाली भाषा, साहित्य, कला, संस्कृति र पर्यटन क्षेत्रको विकास, बिस्तार र प्रवर्धनको निमित्त बिदेशमा कम्तिमा पनि २(३ बर्षको अन्तरालमा नेपाल संस्कृति दिवस, नेपाली मेला महोत्सव जस्ता कार्यक्रमहरुको आयोजना गर्न नेपालमा सम्बन्धित मन्त्रालय, पर्यटन बोर्ड र बिदेशी सरकारी संघ संस्थाहरु संग संयोजन र सहकार्य गर्न प्रत्येक राष्ट्रिय समन्वय परिषदमा सक्रिय संस्कृतिक समितिको संरचना तयार पार्ने पहल गर्ने बताउँदै सँघले जारी राखेका परोपकारी कार्यहरु एवं सांगठनिक कार्यहरुमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्न आफू प्रतिवद्ध रहेको बताएकी छिन् ।

पहिलो नेपाल आईडल बुद्ध लामालाई पोखराबासीको स्वागत

पहिलो नेपाल आईडलको ताज पहिरेर स्वदेश फर्किएका बुद्ध लामा पहिलो पटक पोखरा पुग्दा पोखरेली जनताले उनको भव्य स्वागत गरेका छन् ।
पोखरा क्षेत्रबाट बुद्ध लामालाई नेपाल आइडल बनाउन ठूलो सहयोग गरेको पोखरेली समाजले उनको पहिलो आगमनमा समेत भव्य स्वागत गरेर पोखरालाई नै नेपाल आइडलमय बनाएका छन् । पहिलो नेपाल आईडल बन्न सफल बुद्ध लामाका फ्यान तथा आफन्तको भीडले उनलाई पोखरामा गरेको भव्य स्वागतको भिडियो सहितः

Nepali Lion legend IPID Sanjaya Khetan honored in California

The first International Director of Nepal and the immediate Past Membership Chair of Lions International Sanjay Khetan has been warmly welcomed in California and honored by District 4C3 yesterday on September 25, 2017 at Berkeley California USA.  The reception program was hosted by newly chartered lions club of District 4C3 supported by other Nepalese lions’ clubs in Bay area. Charter President of the organizing club Nirmal  chaired chaired  the program whereas IPID Sanjaya Khetan was the chief guest. Important Lion dignitaries attended the function including District Governor of 4C3 Lion Rajen Thapa, 1st VDC Skip Jender 2nd VDG ….PFG /PCC Denny Grotrain, PDG Linda Griffin, PDG Gary Wong, PDG Don Kiang, Zone chair Laxmi Chaudhary and Lion Tamer of District 4C3 Lion Hema Paneru were present on the occasion. Charter Secretary and Past President of Lions Club of Berkeley Annapurna and past zone chair and current Guiding Lion of District 4C3 Lion Mani Nepal led the invocation whereas past president of the same club and Zone chair of District 4C3 Lion Laxmi Chaudhary led the pledge of allegiance. The national anthem of Nepal and USA were played in the occasion.
The Chief guest Sanjaya Khetan  gave a very interesting and meaningful speech. He said creativity is pursuing impossible. He said one has to be mad to be successful, madly at mission toiling day and night will make impossible dreams come true. District Governor of District 4C3 Lion Rajen Thapa and PCC of MD4 Lion Denny Grotrian spoke on the multi-dimensional personalities of chief guest Khetan. Er. Khetan has been like a legend not only in the Nepalese Lions world but in the international arena who gave 100 new clubs to the International President Chancellor Bob Corlew as a gift. He undertook the responsibility of Membership Chair of Lions International. A historical growth in lions membership was observed during his tenure. As an honor to his hard work, Er. Lion Khetan was appointed as chair of Specialty clubs of LCI. Specialty clubs are nontraditional clubs that focusses, ethnicity, professionalism and various interest groups. Speciality Chair Er. Lion Khetan and Coordinator of USA/Canada specialty clubs DG Lion Rajen Thapa are confident that specialty clubs will bring new  color, energy and growth in LCI world. PDG Lion Linda Griffin and Cabinet Secretary Lion Al Satake also spoke on the occasion.
Charter Presidents of various Nirmal Phnuyal, Sunil Rajkarnikar, Shyam Shrestha, Narayan Somname and new members were honored with Internal president’s certificates and pins and district governor pins. The organizing club Lions Club of Berkeley Laligurans Family was honored by the district for taking initiative to host this historical program. There was great cultural performance by Ashmita and Azilia Phnuyal as well as famous singer Pramoda Kharel. The program was followed by dinner. The participants remarked that this was an program with education entertainment and fellowship.

लोक-पप गीत  ” लण्डन आईमा सेल्फी”  सार्बजनिक 

लण्डन।
केहि दिन अघि सार्बजनिक भएको  लोक- पप शैलीको ” लण्डन आईमा सेल्फी”  गीत  युट्युबमा निकै रुचाइएको छ।  लण्डन आईमा सेल्फी खिचेर संगै मेला गएको, उकाली ओराली गरेको   आफ्नो मायालुलाई बिर्स्योउ कि भन्ने भाव रहेको  उक्त गीतमा लण्डन  को लोकप्रिय लण्डन आईको  सेरोफेरोमा खिचिएको छ। बेलायतमा रहेता पनि नेपाली  गीत संगीतमा लागि परेका सोहन घिमिरेको उक्त गीतमा स्वर, संगीत र शब्द रहेको छ। दिपेश रेग्मीको निर्देशन र कुशल श्रेष्ठको छायांकन रहेको उक्त गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ।  हाईलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत  तलको लिंकमा
हेर्न सकिन्छ।  घिमिरेको यस अघिको गीत तीन जुरेको डांडा, यो साँझ गीत पनि युट्युबमा निकै रुचाइएको थियो।

बडा दशैं सम्बन्धी फरक किसिमको भिडियो सार्वजनिक

माता दुर्गा भवानीले राक्षसहरुको नास गरी असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउन थालिएको परम्परामा आधारित बडा दशैं सम्बन्धी फरक किसिमको नयाँ भिडियो सार्वजनिक भएको छ ।
भिडियोः

अहिले सम्म मेरो कुनै खास केटा साथी छैन -इन्दिरा जोशी 

कति उमेरमा विवाह गर्ने ? यो सम्बन्धित व्यक्तिले नै निर्धारण गर्ने कुरा हो । किनकि विवाहबारे कानूनी बाध्यता छैन, नैतिक बाध्यता पनि छैन । तर नेपाली समाजको आफ्नै मानक छ । उमेरले २० को दशक काट्न लागेपछि अनेक टिकाटिप्पणी सुरु हुन्छ । 
त्यसमा पनि कलाकारबारे प्रश्न नउठ्ने त कुरै भएन । उध्रेको चोली र रातो घाँघराजस्ता ‘हिट’ गीत दिएकी गायिका इन्दिरा जोशीलाई पनि यस्तो प्रश्न नसोधिने कुरै भएन । गीत गाउँदै कम्मर मर्काउने शैलीका कारण ‘नेपाली साकिरा’ उपमासमेत पाएकी इन्दिराका बुबाआमालाई पनि यस्तै चिन्ताले सताएको छ ।
त्यसैले उनीहरुले छोरीलाई भनेका छन्, ‘लौ न, अब त बेला घर्किन लाग्यो । तिमीले खोजेको हामीलाई मञ्जुर छ ।’ कट्टर बाहुन परिवारकी इन्दिराका अविभावकको उनीसँग एउटै अपेक्षा छ– केटाचाहिं सकेसम्म बाहुन नै होस् । तैपनि इन्दिराले भने यसमा चासो देखाएकी छैनन् । उनी त अहिले आफ्नो कुनै ‘स्पेसल केटा साथी’ समेत नरहेको दावी गर्छिन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा नेपालीहरुलाई दशैंको शुभकामना

पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
पूर्व राजा शाहले एक विज्ञप्ती मार्फत बडा दशैं २०७४ को अवसरमा आफ्नो तर्फबाट उक्त शुभकामना व्यक्त गरेका हुन् । शाहद्वारा जारी विज्ञप्ति यहाँ राखिएको छ:
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,
समस्त नेपालीजनको महान चाड विजया दशमीको उपलक्ष्यमा हामी देशभित्र र देश बाहिर रहे बसेका सबै नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सूख, शान्ति र सफलताका लागि शूभकामना व्यक्त गर्दछौं ।
पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी सम्वृद्धिको यात्रामा अगाडि बढ्न सक्छौं । तर देश शान्त, सूस्थिर र सम्मानित भएको हेर्ने हाम्रो चाहना अझै पुरा हून नसकेकोमा हामी दूस्खी छौं । राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताले चाहेको हो । दूई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सून्दर नेपाल, सेतू राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हूंदैं आएको अनूभव, नेपाली जनतामा हूनू सूखद विषय हुँदै होइन । त्यसैले, एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गूम्ने र सम्वृद्धि टाढिने स्थितिको सामना हामीले गरिरहनू परेको छ ।
मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेकोप्रति हामी गम्भिर बन्नू परेको छ । राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं । राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हूनू आवश्यक भई सकेको छ । दुरगामी महत्वका राष्ट्रिय मूद्दाहरुको निरुपण जनमत मार्फत खोज्न हिचकिचाउनूलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पू¥याउँछ ? पहूंच नभएका नेपालीले कूनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हूनू पर्ने जून परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ? यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहंदा रहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरि तर्कन खोजेको अनूभुति हामीले गरेका छौं ।
श्री नवदुर्गा भवानीले सबैको रक्षा गरुन् , नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् , यही मेरो कामना छ ।
जय नेपाल ।

ऐन संशोधन र चिकित्सकको सुरक्षाको प्रत्याभुति नगरेसम्म आन्दोलन रोकिँदैन:  अध्यक्ष डा. श्रेष्ठ

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिश्रेष्ठले राज्यले चिकित्सकको सुरक्षाको प्रत्याभुति र ऐन संशोधन नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष डा. श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,‘हामीले धेरै ठूलो माँग रोखकै छैनौं, दुई वटा कुराहरुमा सरकारको प्रतिबद्धता आए हामी आन्दोलन एक सेकेण्ड मै स्थगित् गर्छौं।’
क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले आफूहरुको आन्दोलनप्रति कुनै गम्भिरता नदेखाएको गुनासो पोखे । उनले थपे,‘यो देशमा सरकार छ कि छैन, हामीलाई त आश्चर्य लागेको छ, एउटा सानो निर्णय गर्नकोलागि पनि प्रधानमन्त्री कुनु पर्ने अरे ? यो लज्जास्पद कुरा भयो नि।’
उनले सरकार स्वास्थ्य क्षेत्रप्रति गम्भिर नबनेको समेत आरोप लगाए । उनले भने,‘०४८ सालदेखि अहिलेसम्म त्यही जनशक्ति छ, यतातिर ध्यान दिनु पर्दैन, त्यही जनशक्तिले उपचार भैरहेको छ।’ उनले सरकारले ल्याउन लागेको विद्येयक तत्काल संशोधन गर्ने प्रतिबद्धता आए आफूहरु एक सेकेण्ड पनि आन्दोलनमा नबस्ने स्पष्ट पारे ।
श्रेष्ठले सरकारको तर्फबाट स्वास्थ्य सचिवले लिखित प्रतिबद्धता वा सार्वजनिक रुपमा (मिडियासामू)प्रतिबद्धता जनाए पनि आफूहरु आन्दोलन स्थगन गर्न तयार रहेको विश्वास दिलाए । उनले भने,‘प्रधानमन्त्री नभएको बेला  मिनिस्टरको नाताले स्वास्थ्यमन्त्रीले यो काम गर्नुपर्ने हो नि, तर उहाँले केहीगर्नुभएन्, गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने  काम गर्नु भएको छ।’
त्यस्तै उनले अनशनरत डाक्टर गोविन्द केसीको माँगबारे आफूहरुलाई कुनै जानकारी नभएको र आफूहरुसँग सम्बन्धित नभएकोले यसमा कुनै समर्थन नरहेको स्पष्ट पारे । उनले भने,‘साँच्चिकै भन्नुहुन्छ भने उहाँको माँगबारे हामीलाई केही थाहा छैन, हाम्रो सेक्टर भन्दा फरक छ।’उनले केसीको अनशनसँग आफूहरुको कुनै समर्थन नरहेको स्पष्ट पारे ।
कार्यक्रममा क्लबका सभापति ऋषिधमलाले आन्दोलनरत चिकित्सक र सरकारवीचअविलम्ब वार्ता भएर एउटा निश्कर्षमा पुग्न जरुरी रहेको भन्दै दुवै पक्षलाई संयमता अपनाएर सहमतिका साथ अघि बढ्न अपिल गरे । उनले भने,‘हामीअहिले चाडपर्वको मुखमा छौं, यस्तो बेलामा चिकित्सकहरुले पनि जनतालाई सेवा प्रवाह गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ, सरकारले पनि चिकित्सकहरुको माँगका बारेमा सम्बोधन गर्नु पर्छ।’

८४ घण्टा भाषण गरेर गिनिजबुकको विश्व कीर्तिमान तोड्ने केसीको घोषणा

स्वामी विकासानन्दको मनोक्रान्तिमा जोडिएका अनन्तराम केसीले ८४ घण्टा भाषण गरेर गिनिजबुकको विश्वकीर्तिमान तोड्ने घोषणा गरेका छन् ।
लायन्स क्लबअफ काठमाडौं विहानीले आयोजना गर्न लागेको लङ्गेष्ट म्याराथुन स्पिचमा भाग लिएर उनले यस्तो कीर्तिमान बनाउने उद्धघोष गरेका हुन् ।
काठमाडौंको टेक्सास् कलेजस्थित् कम्युनिटी हलमा असोज १९ गतेदेखि २२ गतेसम्म उक्त कार्यक्रम हुन गैरहेको आयोजक क्लबले जनाएको छ । केसीले वक्ताको रुपमा बोल्ने कार्यक्रम रहेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिईएको हो । कार्यक्रममा क्लबका अध्यक्ष नारायण रिजालले कार्यक्रम सफलताको लागि शुभकामना दिएका थिए ।
डिस्ट्रिक–३२५ बि वानका गभर्नर धनराज आचार्यले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । उनले अघि भने,‘नेपालीहरुको शान र मानको लागि गौरवको विषय हो, यसले नेपालीहरुको शानलाई विश्व सामू उँचो बनाउन मद्दत पुर्याउँछ ।’
त्यस्तै लायन्स क्लबअफ काठमाडौं विहानीका संस्थापक अध्यक्ष केशव थापाले कार्यक्रमको उद्देश्यको बारेमा चर्चा गरेका थिए ।
को हुन केसी ?
२०५८ सालमा स्वामी विकासानन्दको मनोक्रान्तिमा जोडिएका अन्नतराम केसी त्यसको दुई वर्षपछि सामुदायिक माध्यमिक बिद्यालयको हेडमास्टरको जागिर छाडेर अध्यात्म साधना मार्फत अनन्तको खोजिमा भारततिर लागे । वास्तवमा यी एक यात्री हुन् । यात्रा उनको रुची हो । उनले नेपालको ७५ जिल्लाको फन्को मार्दा ८५०० किमि दूरी छिचोलिसकेका छन् भने ०६६ सालमा भारतको ६ वटा प्रान्तको ४ हजार किलोमिटर बाटो पनि नापीसकेका छन् । उनले काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको १२ हजार ५०० किमिको दूरी पैदल यात्रा गरेका छन् ।
केसी अब लामो अवधिसम्म भाषण गरेर गिनिज वल्र्ड रेर्कडमा आफ्नो नाम लेखाउने तरखरमा छन् । ७५ घण्टा ३२ मिनेटको लामो भाषण गरेका भारत राजस्थाननिवासी अश्विन सुडैनको रेकर्ड तोड्ने दाउमा छन् अनन्त । सकेसम्म १०० घण्टा नभए ८४ घण्टासम्म लगातार भाषण गरेर गिनिज वल्र्ड रेर्कडमा नाम लेखाउने दाउमा छन् ।

आफ्नो लामो भाषण मार्फत यो रेकर्डमा नाम लेखाउन चाहेको बताउँदै उनले थपे,‘यस अघि भारतको राजस्थानका आश्विन सुडैनले अहिलेसम्म ७५ घण्टा ३२ मिनेट भाषण गरेर आफ्नो नाम गिनिज वल्र्ड रेकर्डमा लेखाइसकेका छन् । उनकै यो रेर्कड बे्रक गर्नको लागि मैले सकेसम्म १०० घण्टा नभए कम्तिमा ८४ घण्टासम्म भाषण गर्ने योजना बनाएको छु ।’
उनले आफूलाई अध्यात्म, स्वास्थ्य, योग जस्तो कुराहरुको ज्ञान भएकोले यहीबारेमा भाषणा गर्ने जानकारी दिए । उनले भने,‘मैले यसमा धेरै कामहरु पनिगरिसेकको छु । त्यसैले म आध्यात्मिक, योग, जीवन दर्शन, स्वास्थ्य जस्ताको साधक भएको हुनाले त्यसै बिषयलाई मूल आधार बनाएर म त्यहि क्षेत्रमा बोल्छु । आध्यात्मिक विषय अन्तर्गत महाभारतका कथाहरु, जीवनदर्शन जस्ता कुरा पर्छन्, जसले जीवन बदलोस्, जसले मानिसलाई सुखी राख्न सकोस् । जुन कुरा म सिक्दै आइरहेको छु र सिकाउँछु त्यहि कुरा म त्यहाँ पनि बोल्छु ।’
गिनिज वल्र्ड रेर्कडमा नाम लेखाउने आफ्नो पहिला देखिकै लक्ष्य भएको जनाउँदै भने,‘केही न केही पुरुषार्थ गर्नुपर्छ अर्थात् केही न केही कृति त राख्नुपर्छ भन्ने मेरो पहिलादेखि कै सोच हो । अग्रज, गुरु ज्ञानीहरुको संगतले मलाई यो काम गर्छु भन्ने विश्वास भयो । मेरा शुभचिन्तकले पनि हौसला दिनुभयो । संसारमा हरेक कुरा सम्भव छ । मभित्र पनि केही गर्नुपर्छ भन्ने सोच पलायो ।’
त्यस्तै आफू राम्रो भाषण गर्ने मान्छेहरुको फ्यान भएको उल्लेख गर्दै भने,‘म स्वर्गीय मदन भण्डारी, गगन थापा र बिकासानन्द यी सबैको फ्यान हुँ । यी हस्तीहरुको भाषण सुनेर पनि मैले धेरै कुराहरु सिकेको छु । मलाई भाषण गर्न एकदमै इच्छा लाग्छ, लामो भाषण गरे गिनिज रेर्कडमा नाम रहन्छ भन्ने कुरा मैले सामाजिक सञ्जालहरुबाट सुनेको पनि थिएँ ।
गतवर्ष भारतको राजस्थानका एक व्यक्तिले ७५ घण्टा ३२ मिनेट भाषण गरेर रेकर्ड राखिसकेका समेत उनले जानकारी दिए । अब आफूले नेपालको प्रतिनिधित्व गर्दै यसको रेर्कड तोड्ने शुर कसेको स्पष्ट पारे ।

 

दलित तथा शोषित बालबालिकाको सहयोगार्थ डीसीमा “कलिउड नाइट २०१७” हुने

केसी डान्स सेन्टरका संचालक तथा युवा नृत्य निर्देशक नवीन केसी तथा कलाकार पुस्कर पन्तको पहलमा आउँदो अक्टोबर १४, तदनुसार आश्विन २८ गते शनिवारका दिन “कलिउड नाइट २०१७” हुने भएको छ l
सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान )संस्थाले संचालन गरेको नेपालका दलित तथा शोषित बालबालिकाको छात्रवृत्ति सहयोगार्थ डीसीमा “कलिउड नाइट २०१७” गरिने भएको हो l
“कलिउड नाइट २०१७” एनानडेल स्थित नोभा कम्युनिटी कलेजको प्रेक्षालयमा सगौरव प्रस्तुत गरिने छ l उक्त कार्यक्रममा नेपाली चलचित्र जगतका चर्चित कलाकार तथा स्थानीय प्रतिभाशाली कलाकारहरुको आकर्षक प्रस्तुतीका साथै पहिलो पटक स्थानीय “सुपर मम” को पनि प्रस्तुती रहनेछ |

विशुद्ध नेपाली संस्कृति ,नाचगान र गीतले भरिपूर्ण मनोरन्जनात्मक कार्यक्रम हेर्नको लागी डीसी क्षेत्रका नेपाली समुदायलाई आयोजक को तर्फ बाट आग्रह गरेका छन् l

उक्त कलिवुड रात्री कार्यक्रममा नायिका झरना थापा ,नायक जीवन लुइँटेल ,राज बल्लव कोइराला ,राम प्रसाद खनाल ,रतन सुबेदी ,अमृत लामा ,मिनाक्षी बन्दना ,नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु ,पुस्कर पन्त ,स्मृति पोख्रेल ,राजेश नाथ ,नविन केसी ,लुना श्रेष्ठ ,सुनिक्षा मैनाली ,गोपाल नेपाल( फिस्टे ) तथा अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने छ l

Election committee has been formed to complete the election of ANS 2017

The Current America Nepal Society (ANS) Executive Committee has been formed a five members election committee to complete the election of America Nepal Society(ANS) to complete the election of ANS 2017 to elect new committee for the years 2017-2019.

The committee has been formed under the leadership of Dr. Thakur Pudasaini, former president of ANS, to complete this mission. This committee will conduct the election for new ANS executives in a free, fair, and transparent manner, as authorized by the Article VII, 1, 2, & 3 of current ANS Bylaws and as decided by the current America Nepal Society Executive Committee (2014 – 2016).  All ANS members with current memberships as of Nomination File Date, shall be eligible to be a candidate for any position of the Executive Committee, including the position of president.  As per article VII (1) applicant should include a letter expressing his/her intention to serve and perform assigned duties if elected.

 

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३५ बर्षीय मदन रिजालको मृत्यु भएको छ ।

रिजाल सवार भएको मे २ प ७७५४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १३ प ८०३३ नंको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकलका चालक मकवानपुर हेटौँडाका ३५ वर्षीय प्रवीण सुवेदी गम्भीर घाइते भएको र उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार मृतक मदनकी पत्नी ३२ कल्पना रिजाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा नाम, ठेगाना खुल्न नसकेका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

दमक–४ स्थित चिया दोकान भन्ने स्थानमा मे ५ प २७३० नंको मोटरसाइकलले ठक्कर दिँदा करिव ८० वर्षीय ज्येष्ठ नागरिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्करबाट घाइते भएका उनको दमकस्थित निम्स नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इप्रका, दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

Thursday, September 28, 2017

बडादसैं अन्तर्गत महाअस्टमी पर्व धुमधामका साथ मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् ।

वडादसैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”– उहाँले भन्नुभयो ।

ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताउनुभयो । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उहाँले बताउनुभयो । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउनुहुन्छ ।

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”– उहाँले भन्नुभयो । यी तीन वटा शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो ।

आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन उपत्यका भित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्दछ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्र अस्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजा कोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ । रासस

चाडबाडको मौका छोपी रुटमा चलेनन् सार्वजनिक सवारी

दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् ।

चाडबाड वा अन्य अप्ठ्यारो समयको अवसर पारेर सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुँदा सडकमा सवारी नपाएर हिँड्नुपर्ने बाध्यता रहेको यात्रुको भनाइ छ । सार्वजनिक बिदा दिइएको फूलपातीका दिन बेलुकी पुरानो बसपार्क–सुन्दरीजल रुटमा चल्ने सिटी यातायात व्यवसायी सेवा समितिका बा२ख ६२६४ र बा२ख ६८०५ नंको बस खुलामञ्चस्थित बसपार्कमा नछिरी यात्रुको बिचल्ली बनाएको यात्रु रविना देउलाले दुखेसो गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ मा सवारी नम्बरसहित गुनासो गर्दा पनि प्रहरीले कारबाही नगरेको उहाँले सुनाउनुभयो ।

बाइस लाख यात्रु उपत्यकाबाहिर
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकार रुटमा चल्ने भनी रुट परमिट लिएका सवारी रुटमा नचले त्यसको विवरण आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने बताउनुहुन्छ ।

“भदौ २० देखि असोज ११ गते बुधबार बेलुकीसम्म २२ लाख यात्रु दशैँ मान्न उपत्यका बाहिरिएका छन्, दशैँको अवसर पारेर बढी भाडा लिने १४ वटा लामो दूरीका, ६० वटा ट्याक्सी र बढी भाडा लिन बिचौलियाको काम गर्ने ३३ जनालाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ”, उहाँले भन्नुभयो ।

सार्वजनिक यातायातका लागि निजी क्षेत्रका व्यवसायीको भर परिएको अवस्थामा चाडबाड र अप्ठ्यारो परिस्थितिमा जिम्मेवार भएर काम नगर्दा लाखौँ यात्रुले दैनिक दुःख झेल्नु परेको सार्वजनिक यातायात सुधारको अभियानमा लाग्नुभएका रामबहादुर थापा बताउनुहुन्छ ।

नियम उल्लङ्घन गर्नेलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही नहुँदा यातायात क्षेत्रमा विकृति मौलाएको उहाँले बताउनुभयो । यातायात व्यवसायीको दबाबमा चाप भएका ठाउँमा सवारी चलाउन पाउने निर्णय विभागबाट गराएर यात्रुलाई दुःख दिने काम भएको उपभोक्ता अधिकारवादीको भनाइ छ ।

सार्वजनिक यातायात क्षेत्रमा कायम भएको एकाधिकार (सिण्डिकेट)ले गर्दा पनि यात्रु मर्कामा पर्ने गरेका छन् ।रासस

वृद्धाश्रममा आफ्न्त बिनाको दशैँ

यति बेला नेपालीको घर–घरमा बडा दशैँको रौनक छाएको छ । बूढापाका आफन्तजनको हातबाट टीका थाप्न प्रदेशबाट स्वदेश र शहरबाट गाउँ पस्नेको लर्को लागिरहेको छ । तर सामाजिक कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति वृद्धाश्रम)मा बस्दै आउनुभएकी ७५ वर्षीया जानुका अगस्तीलाई भने दशैँ नआए हुन्थ्यो जस्तो लाग्छ ।

“दुई भाइ छोरा थिए, जेठो १० वर्षको उमेरमा बित्यो, कान्छो दुई वर्षको हुँदा बित्यो, त्यसपछि लगत्तै श्रीमान् पनि बित्नुभयो, अहिले यहाँ वृद्धाश्रममा आएर बस्नुपरेको छ, आफ्नो भन्ने कोही नभएर होला तीज, दशैँ, तिहार यी चाडबाड पनि नआए हुन्थ्यो जस्तो लाग्छ, नरमाइलो लाग्छ”, अगस्तीले भक्कानिँदै भन्नुभयो ।

नुवाकोट त्रिशूली घर बताउने अगस्तीले दुई भाइ छोरा र श्रीमान्को मृत्युपश्चात् सौतेनी ज्वाइँले पाल्छु भनेर भएको सबै सम्पत्ति आफ्नो नाममा गराए, पछि वास्तै नगरेका कारण पाँच वर्षदेखि वृद्धाश्रममा बस्दै आएको दुखेसो उहाँले पोख्नुभयो ।

अगस्तीले विगत सम्झँदै भन्नुभयो, “ दशैँमा सबै परिवार घरमै हुन्थ्यौँ, पिङ खेलिन्थ्यो, सबैको बूढो घर भनेसी सबै टीका लाउन आउँथे, रमाइलो लाउँथियो, अहिले ती दिन सम्झँदा पनि भक्कानो छुटेर आउँछ, अहिले यहाँ रल्लटुल्ल भएर बसेकी छु, आफ्नो भन्ने कोही छैन, कतिबेला देलान र खाउला भनेर बस्नुपर्छ ।”

अठार वर्षदेखि सोही वृद्धाश्रममा बस्दै आउनुभएकी ८८ वर्षीया सावित्रा कार्कीलाई पनि आफ्न्त कोही नभएपछि दशैँ आउँदा रमाइलो लाग्दैन । “छोरा÷छोरी, बुहारी, नाति÷नातिना आफन्त सबैसँगै भए पो दशैँ पर्व पनि आएजस्तो हुन्छ, आफ्नो त आफन्त भनेको पनि कोही छैन, कोही मरिसके, कसैको पत्तो छैन, म एक्लै भएर यहाँ वृद्धाश्रममा आएर बसेकी छु, भित्रभित्रै नरमाइलो लाग्छ”, कार्कीले भन्नुभयो ।

जानुका र साबित्रा जस्तै पशुपति वृद्धाश्रममा बस्दै आउनुभएका र कोही पनि आफ्न्त नहुने वृद्धवृद्धालाई दशैँ आउँदै गर्दा पक्कै पनि रमाइलो लाग्दैन । पशुपति वृद्धाश्रम कार्यालय प्रमुख मनोजकुमार बस्नेतका अनुसार वृद्धाश्रममा अहिले १९० जना वृद्धवृद्धा बस्दै आएका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार उपत्यकाभित्र निजी र सरकारी गरी करिब १० वटा वृद्धाश्रम छन् । देशैभरि करिब ७७ वटा वृद्धाश्रम सञ्चालनमा छन ।

विगतका वर्षमा जस्तै यस पटकको दशैँमा पनि पशुपति वृद्धाश्रमका कार्यालय प्रमुखले वृद्धवृद्धालाई र वृद्धवृद्धाले कार्यालय प्रमुखलाई टीका लगाएर दशैँ मनाउने कार्यक्रम छ । दशैँको अवसरमा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई विभिन्न सङ्घसंस्था र व्यक्तिले लत्ताकपडा, फलफूल लगायतका सामग्री वितरण गरेका छन् । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा करिब २२ लाख रहेको छ ।

वृद्धाश्रममा बस्ने वृद्धवृद्धामध्ये धेरैजना आफन्त नभएका, छोरा–बुहारीले वृद्धाश्रममा ल्याएर राखेका, छोरा–बुहारी अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका मुलुकमा डाक्टर, इन्जिनियर भएर बसेका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहनुभएका व्यक्तिका आमाबुबालगायत हुनुहुन्छ ।

बुबाआमा जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बुबाआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था हुनुपर्ने पशुपति वृद्धाश्रमका वृद्धवृद्धाको माग छ । वृद्धभत्ता बढाउनुपर्ने, ज्येष्ठ नागरिकले सर्वोच्च अदालतले विसं २०६७ चैत २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्ने, सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुट गर्नुपर्ने र निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै विगत पाँच वर्षदेखि नयाँ वानेश्वरस्थित संविधान सभा भवननजिकै ज्येष्ठ नागरिकले धर्ना दिँदै आएका छन् ।

सरकारले ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरे पनि पशुपति वृद्धाश्रमका वृद्धवृद्धाले अहिलेसम्म नपाएको गुनासो गर्दै आएका छन । नेपालको संविधानमा ज्येष्ठ नागरिकको हक सम्बन्धमा ‘ज्येष्ठ नागरिकलाई कानूनबमोजिम राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’, भनी उल्लेख गरिएको छ । रासस

दशैँकै बेला खाना पकाउने ग्यासको अभाव

दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ ।

खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आएका छन् ।

“ग्यास सकिएपछि बजारका अधिकांश पसलमा धाउँदा पनि पाउन सकेन”, स्थानीयवासी विष्णु चौधरीले भन्नुभयो, “ग्यास नपाइएपछि दाउरा खोज्दै छु ।” ग्यासको अभावमा निकै मर्कामा परेको उहाँले बताउनुभयो ।

झलारी बजारमा ग्यास व्यवसाय गर्दै आउनुभएका मदनराज भट्टले ग्यास कम्पनीबाटै थोरै ग्यासका सिलिण्डर आउँदा उपभोक्ताले हैरानी खेप्नु परेको बताउनुभयो । “ग्यासको माग धेरै छ”, उहाँले भन्नुभयो, “तीस वटा मात्रै ग्यासका सिलिण्डर कम्पनीबाट आएपछि सबैलाई पु¥याउन सकिएको छैन ।” उहाँकै जस्तै जिल्लाका सबै ग्यास व्यवसायीसँग ग्यासका सिलिण्डर छैनन् ।

ग्यास व्यवसायीका अनुसार भारतको उत्तर प्रदेशस्थित बरौनी डिपोबाट एक ट्याङ्कर ग्यास बुलेट मात्रै आएको छ । जसमा एक हजार २०० सिलिण्डरमा भर्न पुग्ने हुन्छ । एक हजार २०० सिलिण्डरले दशैँको माग धान्न नसक्ने व्यवसायीको भनाइ छ । बरौनी रिफाइनरी सेन्टरमा सरसफाइ भइरहेकाले दुई सातासम्म ग्यास नपाइने भएको छ । अरू वर्ष सेन्टरमा हिउँदका बेला सरसफाइ हँुदै आएकोमा यस वर्ष दशैँकै बेला सरसफाइ हुन थालेपछि ग्यास आपूर्तिमा समस्या देखिएको हो ।रासस

प्रधानमन्त्री देउवा स्वदेश फर्कंदै

मस्कट (ओमन), प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसङ्घको ७२औँ महासभामा सहभागी हुनाका साथै ओमनको तीनदिने औपचारिक भ्रमण गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवा महासभामा भाग लिई स्वदेश फर्कने क्रममा यही असोज ९ गते ओमनको मस्कट पुग्नुभएको थियो । उहाँको भ्रमणलाई ओमन सरकारले औपचारिकता प्रदान गरी उच्च सम्मानका साथ स्वागत गरेका थिए ।

ओमन भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रधानमन्त्री देउवालाई ओमनका यातायात तथा सञ्चारमन्त्री डा अहमद मोहम्मद अल फुतैसी, मन्त्रिपरिषद्का महासचिव सेख ए–फढल मोहम्मद अल हर्थी, राजदुत सेख यहया अबदुल्ला अल–फना अल अरैमी, ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया विभाग प्रमुख सेख हिलाह मर्हुन अल मम्मारीलगायतले बिदाइ गर्नुभएको थियो ।

ओमन भ्रमणमा प्रधानमन्त्री देउवासँग ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदलगायत उच्चअधिकारीले भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले ओमनमा रहँदा खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो ।

महासभामा भाग लिन असोज ३ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवा आज राति स्वदेश फर्कंदै हुनुहुन्छ ।रासस

इटहरीमा आगलागी

इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा रु ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ ।

गए राती बिहानीपख भएको आगलागी हुँदा तीन वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक पहल कट्वालका अनुसार दीपक गुप्ताको पसलसमेत रहेको घरबाट शुरु भएको आगलागीमा परेर गुप्ताको घरसँगै जोडिएको सुमन गिरी र चक्रबहादुर राईको घरमासमेत नोक्सानी पुगेको छ ।

फलफूल पसल भएको स्थानमा बालेको बत्तीबाट आगो लागेको हुन सक्ने आशंका गरिएको छ । आगलागीमा सबैभन्दा बढी गुप्ताको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

इटहरी, धरान र इनरुवाबाट आएको बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी समेतको सक्रियतमा दुई घण्टापछि आगो नियन्त्रण लिएको थियो ।रासस

कास्कीमा चुनावी माहोल तात्दै

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा यतिबेला चुनावी माहोल तात्न थालेको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयले चुनावी कार्यक्रम र राजनैतिक दलले उम्मेदवार छान्न शुरु गरेपछि चुनावी माहोल बिस्तारै तात्दै गएको हो ।

नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति पार्टी नेपाल कास्कीले प्रतिनिधिसभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रका लागि उम्मेदवार छनोट गरेर केन्द्रमा सिफारिस गरिसकेका छन् भने नेपाली काँग्रेस र नेकपा (एमाले) भने उम्मेदवार छान्नमै व्यस्त रहेका छन् ।

दुई ठूला दलका आकाङ्क्षी धेरै भएकाले टिकट पाउनका लागि नेताहरुको घरदैलोमा धाउन थालेको देखिन्छ । क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचनका कार्यक्रमलाई तीव्र पार्न मतदाता शिक्षा कार्यक्रमको तयारीमा रहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

एक महानगरपालिका र चार गाउँपालिका रहेको यो जिल्लामा दुई लाख ५६ हजार ४०१ मतदाता छन । जसमा पुरुष एक लाख १९ हजार ५१६, महिला एक लाख ३६ हजार ८८१ र तेस्रो लिङ्गी चारजना छन् । आगामी मंसिर २१ गते जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।रासस

Buddha Lama Lifestyle | Biography, Family, Education, Car, Salary, Facebook, Career, Smartphones

Wednesday, September 27, 2017

१३ जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट रु एक लाख ९२ हजार नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट रु ४१ हजार ४७५ सहित छजना जुवाडे र पोखरा १७ काउछेघारीस्थित दीपेन्द्र पौडेलको घरबाट रु एक लाख ५० हजार ५४५ नगदसहित सात जना जुवाडे पक्राउ गरिएको प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पोखरा–१३ का हरि तामाङ, किशोर परियार, मिलन गुरुङ, राजेन्द्र नेपाली, शोभित नेपाली, पोखरा–१७ का बोधराज रेग्मी, प्रकाश रेग्मी, अनिल क्षेत्री, पोखरा–३ का राजु रेग्मी, पोखरा–५ का रामकृष्ण पौडेल र २९ का अमर खनाल रहेका छन् ।

अवैधरुपमा जुवा खेलिरहेको प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता खत्रीले बताउनुभयो ।

बालिका बलात्कृत

वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ ।

वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने ५० वर्षिय बाजेलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ । रासस

हालसम्म १३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक

यही असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज दिउँसो १ बजेसम्म १३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी०बाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगञ्ज महानगरपालिका र राजविराज नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।

वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये ३० वटा वडाको मत परिणाम सार्वजनिक भएको र बाँकी दुई वडामध्ये वडा नं १७ को मतगणना सम्पन्न भई घोषणा हुने क्रममा रहेको तथा वडा नं १६ को अन्तिम मतपरिणाम आज बेलुकासम्म प्राप्त हुने अपेक्षा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सप्तरीको राजविराज नगरपालिकाका १६ वटा वडामध्ये १४ वटा वडाको मतगणना सम्पन्न भएको र बाँकी दुईवटा वडाको पनि आजै बेलुकासम्ममा सकिने जानकारी प्राप्त भएको छ ।

स्थानीय तहका प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसका ४०, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेकपा ९माओवादी केन्द्र० २१, नेकपा ९एमाले० १८, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टीका एकजना उम्मेदवार विजयी हुनुभएको छ ।

सात दिनमा रु तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ ।

असोज १ गतेबाट बैंकिङ कारोबार भएका सात दिनमा सो रकम बितरण गरिएको हो । बैंकका प्रबन्धक हेमराज मरहठ्ठाका अनुसार नोटको अभाव नभएकाले मागे जति रकम वितरण गरिएको बताउनुभयो ।

गत वर्षहरुमा दशैँको बेला नोटको अभाव हुने गर्दथ्यो । नोटकोषको जिम्मेवारी भएकाले जिल्लामा रहेका सबै बैंक तथा वित्तीय संस्थाले यसै शाखाबाट नोट लैजाने गर्दछन् । मरहठ्ठाका अनुसार जिल्लाका अधिकांश सरकारी र गैरसरकारी कार्यालयका खाता यसै बैंकमा भएकाले उनीहरुमार्फत पनि ठूलो मात्रामा रकम बैंकबाट बाहिरिने गर्दछ ।

जिल्लामा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले वाणिज्य बैंकबाट नोट लैजाने गर्दछन् । चाडपर्वको समयमा शिक्षकको तीन महिनाको तलबसहित दशैँ भत्ता र अन्य कर्मचारीको दशैँ भत्ता, तलब लगायतका सुविधा दिने हुँदा धेरै रकम एकै साथ बैंकबाट बाहिरिने गर्दछ ।

यसैगरी सो शाखाले यही अवधिमा १४ करोड रुपैयाँ नयाँ नोट वितरण गरेको छ । जिल्लामा यही असोज २ गतेदेखि नयाँ नोट वितरण शुरु गरिएको थियो । मरहठ्ठाले यस वर्ष पर्याप्त मात्रामा नयाँ नोट वितरण गरिएको जानकारी दिनुभयो ।

बैंकमा आउने कसैलाई पनि रित्तो हात नपठाइएको उहाँको भनाइ छ । गत वर्ष चितवनमा एक करोड ५० लाख रुपैयाँको मात्र नयाँ नोट आएपछि सर्वसाधरणले सहज रुपमा नयाँ नोट पाएका थिएनन् । तर यसपटक आवश्यक मात्रामा नयाँ नोट भित्रिएपछि ग्राहकले सहज रुपमा नयाँ नोट पाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका शाखा नारायणगढ, टाँडी, पर्साढाप, नवलपरासीको गैँडाकोट र कावासोतीबाट नयाँ नोट वितरण गरिएको थियो । बैंकले एक जनालाई अधिकतम १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट दिइएको मरहठ्ठाले जानकारी दिनुभयो । भरतपुर शाखाले दैनिक ७०० जनालाई नयाँ नोट वितरण गरिएको जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सय, ५०, २०, १० र ५ रुपैयाँका नयाँ नोट वितरण गरेको हो । रासस

सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र

सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता आउन थालेको छ ।

भूकम्पले क्षतिग्रस्त बनेका विद्यालय भवन, सरकारी भवन र निजी आवास पुनःनिर्माणले गति लिन थालेको डिभिजन सहरी विकास कार्यालय, सिन्धुलीले जनाएको छ । जिल्लामा ३४ हजार २७० लाभग्राही रहेकामा ३० हजारले सम्झौता गरेको कार्यालयका प्रमुख प्रदीप खनालले बताउनुभयो ।

चार हजार ३४६ घरधनीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसार घर बनाउन शुरु गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले सुनकोशी गाउँपालिकाको शीतलपाटीमा ८८० घर पुनःनिर्माण सम्पन्न गरेको छ ।

सोही गाउँपालिका–६ खनियाँडाँडामा रहेको भीमसेन प्राथमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भयो । नवनिर्मित भवनको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले उद््घाटन गर्नुभयो ।

जिल्लाको झाँगाझोली रातमाटामा रहेको प्रगतिशील मावि भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको प्राधिकरणको अनुगमन समूहलाई जानकारी गराइयो ।रासस

दशैँ घरमा फूलपाती भित्र्याइयो

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइ मनाइयो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य नयाँ पालुवासमेत भित्र्याइएको छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि उहाँले बताउनुभयो ।

फूलपाती भित्र्याएपछि उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रह्मायणी, धानको बाला लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोक रहिता, मान वृक्षमा चामुण्डा देवीको विशेष पूजा गरिन्छ ।

हनुमानढोका दरबारको दशैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको हनुमानढोका हेरचाह अड्डाका मीठाराम पुडासैनीले जानकारी दिनुभयो ।

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँ घरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।

आजैका दिनबाट सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस स–परिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कनेक्रम अझ तीव्र हुने गर्दछ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।रासस

दशैँको सातौँ दिन कालरात्रि देवीको उपासना

वडा दशैँको सातौँ दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी सातौँ कालरात्रि देवीको पूजा आराधना गरी मनाइयो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दशैँको सातौँ दिन कालरात्रि देवीको पूजा गरिने र महाअष्टमीका दिन राति गरिने कालरात्रि पूजामा भने महाकाली, महालक्ष्मी र महासरस्वतीलगायत नवदुर्गाकै विशेष पूजा गर्ने विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

नौ दिनसम्म नौवटी देवीको पूजा आराधना गरिएको घडाले विजयादशमीका दिन अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा लगाइन्छ । नवदुर्गाको प्रसादका रप्मा टीका र जमरा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने गरिन्छ ।

दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा, आराधना गरेमा वर्षभरका लागि आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । आश्विन शुक्ल पक्षलाई शक्ति आराधनाको विशेष पर्वका रुपमा मनाउने गरिन्छ ।  रासस

Tuesday, September 26, 2017

धिमे बाजा प्रतियोगिता असोज १९ मा

नगरकोट, ११ असोज। दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ यहाँ असोज १९ गते हुने भएको छ ।

मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले धिमे प्रतियोगिता गर्न लागेको मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा ४० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक किशोर मानन्धरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई धिमेका सामग्रीका साथै शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । रासस

आज फूलपाती भित्र्याइँदै

काठमाडौँ, ११ असोज।बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम शुरु भएको छ ।

हनुमानढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीका अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा भित्र्याउने परम्परा रहेको छ । फूलपातीमा गुर्जुको पल्टन गोर्खाली सेनाको प्रतीकका रुपमा अझै रहेको छ   रासस

स्थानीय तहको निर्वाचन उत्कृष्ट ढंगबाट सम्पन्न भएको छ : निर्वाचन आयोग

काठमाडौँ, १० असोज । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको अन्तर्राष्ट्रिय मान्यताको कुनै कसीबाट परीक्षण गर्दा पनि स्थानीय तहको निर्वाचन उत्कृष्ट ठहरिने दाबी गर्नुभएको छ ।

विजयादशमी, दीपावली तथा छठ लगायतका महान् चाडपर्वको उपलक्ष्यमा निर्वाचन आयोगमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सञ्चालनमा आयोगको भूमिकाप्रति कसैले प्रश्न उठाउन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई समेत सफल तुल्याउने गरी जिम्मेवारी बहन गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त शर्माले सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो ।

करेन्ट लागेर भारतीयको मृत्यु

पोखरा, १० असोज (रासस) ,पोखरा–लेखनाथ महानगरपालिका–१४ रातोडाँडास्थित विक्रम थापाको बन्दै गरेको दुईतले घरको तल्लो तलामा वायरिङ गर्ने क्रममा करेन्ट लागेर आज अपराह्न ३ः३० बजे एक पुरुषको मृत्यु भएको छ ।

भारत घर भई महानगर–१४ बस्ने २२ वर्षीय मोसाव आलमलाई करेन्ट लागी पल्ँिटदा टाउकामा गहिरो चोट लागेको र उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा आधा घण्टापछि निजको मृत्यु भएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ । प्रहरी कार्यालयले उक्त ठाउँमा प्रहरी टोली खटाई थप अनुसन्धान गरिरहेको बताइएको छ ।

एक वर्षमा ९६ हजारद्वारा सुरक्षित गर्भपतन

काठमाडौँ, १० असोज ।परिवार स्वास्थ्य माहाशाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷७४ मा ९६ हजारभन्दा बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस–२०६४ का अवसरमा आज महाशाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा एक वर्षमा ९६ हजार महिलाले सुरक्षित गर्भपतन गरेको जानकारी दिइएको हो ।

त्यसैगरी, नेपालका ग्रामीण भेगसम्म महिलालाई सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न तीन हजारको हाराहारीमा चिकित्सक, नर्स तथा अनमीलाई तालीम प्रदान गरी करिब एक हजार १०० स्वास्थ्य संस्थाबाट सेवा सञ्चालान गरेको महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले जानकारी दिनुभयो ।

नेपालमा २०५९ सालमा मुलुकी ऐनको एघारौँ संशोधनमार्फत गर्भपतनले कानुनी मान्यता पाएको दिनको सम्झनास्वरुप तीन वर्षदेखि यसलाई राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसको आयोजना मनाएको हो । ‘सुरक्षित गर्भपतन सेवा ः महिलाको प्रजनन अधिकारलाई टेवा’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो ।

नेपाल सुरक्षित गर्भपतन सेवाको भए पनि अझै ५८ प्रतिशत महिलाले असुरक्षित वा सरकारले मान्यता नदिएको संस्था, व्यक्तिबाट गर्भपतन गराइरहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । धेरै महिलालाई सेवाबारे जानकारी नै नभएको, गर्भपतनप्रतिको समाजको नकारात्मक धारणाका कारणले गर्दा सेवा प्रभावकारी हुन सकेको छैन । महाशाखाको तथ्याङ्कअनुसार गर्भनिरोधका साधनको प्रयोग दर मात्र ४३ प्रतिशत रहेको छ ।

नेपालको संविधान धारा, ३८ (२) ले प्रत्येक महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको छ । सोही अनुरुप गुणस्तरीय सेवा प्रदान गर्न महाशाखाले प्रयत्न गरिरहेको जनाएको छ ।

चंगा चेटमा विप्लप च्याम्पियन

काठमाडौँ, १० असोज (रासस) , नेपालीको महान् पर्व विजयादशमीको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् ।

नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–८ इकाई समितिको आयोजनामा गौशलास्थित कैलाशडाँडामा भएको उक्त प्रतियोगितामा विकास श्रेष्ठ दोस्रो र समर्पन दवाडी तेस्रो भएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु आठ, पाँच हजार र दुई हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

विजेता खेलाडीलाई नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठ, कामपा–८ का अध्यक्ष दिनेशकुमार डंगोल लगातलले पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा काठमाडौं क्षेत्र नं ४ का सभापति श्रेष्ठले दशैँको अवसरमा चंगा खेल्ने देशको संस्कृति लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो खालको कार्यक्रमले संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा कूल ३८ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिओम वैद्यले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयसँग स्पष्टीकरण माग

काठमाडौँ, १० असोज । निर्वाचन आयोगसँग सहमति नै नलिई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई निर्वाचन आचारसंहिताविपरीत मन्त्रालयमा कामकाज गर्ने गरी तोक्ने पदाधिकारीहरूलाई आयोगले स्पष्टीकरण माग गरेको छ ।

आज विज्ञप्ति जारी गरी आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।

यही २०७४ साल मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा गएको भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा निर्वाचन आयोगको सहमतिबिना नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमलाई त्यस मन्त्रालयमा कामकाज गर्ने गरी तोकिएकोे विषय आचारसंहिताविपरीत भएको भन्दै काजमा तोक्ने पदाधिकारीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ ।

प्रधानमन्त्री देउवा र ओमनका मन्त्रिपरिषद्का अध्यक्षबीच भेटवार्ता

मस्कट (ओमन), १० असोज ।प्रधानमन्त्री शेरबहादुर देउवा र ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदबीच उच्चस्तरीय भेटवार्ता भएकोे छ ।

देवान अफ रोयल कर्ट राजदरबारमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको भेटवार्तामा सहभागी प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।

भेटमा दुई देशबीच सहयोग तथा सम्बन्ध विस्तार गर्ने र सहयोगका क्षेत्र कसरी पहिचान गर्ने, पर्यटन, सांस्कृतिक आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री देउवाले नेपालले संयुक्त राष्ट्रिय संघीय मानव अधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको अवगत गराउँदै सहयोगका लागि ओमन सरकारसँग आग्रह गर्नुभएको डा भट्टराईले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालमा राजनीतिक स्थायित्व हुँदै गएको र लगानीको उचित वातावरण बनेकाले नेपालमा लगानीका लागि आग्रह गर्नुभएको थियो भने ओमनका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदले त्यसमा आफू सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

नेपाल र ओमन सरकारबीच परराष्ट्र मन्त्रालयस्तरमा आपसी सरसल्लाह गर्न कूटनीतिक संयन्त्र बनाउने विषयको सम्झौतामा बुधबार हस्ताक्षर हुने बताइएको छ । भेटमा नेपालमा तर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगार मन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, सल्लाहकार डा भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी र यहाँस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकाल हुनुहुन्थ्यो ।

त्यस्तै ओमन सरकारका तर्फबाट मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइद, वाणिज्य र उद्योगमन्त्री डा अली अल सुनैदे, मानव संशाधन मन्त्री सेख अब्दुल्ला नासेर अल बाक्री, शिक्षा मन्त्री डा मदिह अहमद अल सैबानिया, सामान्य प्रशासन (सिभिल सर्भिस) मन्त्री सेख खालिद ओमर अल मर्हूनलगायत हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हँुदै सोमबार यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री देउवाको तीनदिने ओमनको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको छ ।

प्रधानमन्त्री देउवालाई मस्कट विमानस्थलमा ओमनका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदलगायत मन्त्रीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा प्रधानमन्त्री देउवालाई रोयल ओमन प्रहरीले गार्ड अफ अनरद्वारा सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवाले आजै ग्राण्ड सुल्तान मस्जिद, राष्ट्रिय संग्राहालय, रोयल ओपेरा हाउसको अवलोकन गर्नुभएको थियो । रासस

बाहिरिए १९ लाख

काठमाडौँ, १० असोज (रासस), काठमाडौँ उपत्यकाबाट दशँै मनाउन हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका लागि बाहिरिनेको सूचीमा राखिएको छ । उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ ।

बडादशैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यकाका चार नाका थानकोट, साँगा, दक्षिणकाली र बालाजुबाट दिनहुँ राजधानीमा पेशा, व्यवसाय र अध्ययनका लागि बसेकाका साथै विदेशबाट फर्किएकाहरु धमाधम बाहिरिरहेका छन् । विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रुले लामो समय ट्राफिक जामको समस्या भोग्नु परिरहेको छ ।

प्रवक्ता रञ्जितकारले सडक विस्तारका क्रममा भत्काइएको संरचनाको कारण सो क्षेत्रमा जाम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौताको काम शुरु नहुँदै हामीले आग्रह गरेर ठेकेदारलाई कलंकीबाट थानकोटसम्मको सडकका खाल्डाखुल्डी पुर्न लगार्यौँ, अझै सडक सफा नभएकाले केही समस्या परेको छ ।”

दशैँमा बाहिरिने यात्रुलाई ध्यानमा राखी उपत्काका १२ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । सो कक्षबाट यात्रुलाई कुनै समस्या परे सहयोग गर्ने, जानकारी दिने, सवारी भाडा अनुगमन गर्ने लगायत काम भइरहेको छ ।
यस्तै सवारी साधनको बढी चाप हुने नयाँसडक, बसपार्क, कलंकीलगायत स्थानमा थप जनशक्ति परिचालन गरिएको प्रहरीको भनाइ छ । चाडपर्वमा मादकपदार्थ सेवन(मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढ्ने भएकाले मापसे जाँचलाई तीव्रता दिइएको छ । वरिष्ठ उपरीक्षक रञ्जितकारले अरु समयमा साँझ मात्रै हुने मापसे जाँच चाडपर्वको अवधिभर दिनभर पनि हुने जानकारी दिनुभयो । यस वर्ष यही असोज १४ गते विजयादशमी परेको छ ।

कालोबजारी गर्ने ३० पक्राउ 

टिकटको कालोबजारी गर्ने र तोकिएकोभन्दा बढी भाडा लिने ३० सवारी साधनलाई कारबाही गरिएको छ ।

बढी रकम लिनेलाई लिएको रकम यात्रुलाई फिर्ता गर्न लगाई आवश्यक कानुनी कारबाही गरिएको रञ्जितकारले बताउनुभयो । चाडपर्वमा यात्रुबाट बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई निगरानीमा राखिएको ट्राफिक प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु

त्रिशूली(नुवाकोट), १० असोज (रासस), पञ्चकन्या गाउँपालिका–२ कविलासमा आज अपराह्न भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
कविलासबाट काठमाडौँतर्फ अदुवा बोकी गइरहेको बा२ ख.३०८८ नंको आइचर कंको गाडी अनियन्त्रित भई कविलास–छहरे सडक खण्डमा दुर्घटना हुँदा सोही वडाका १३ वर्षीय बलराम मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिनुभयो । गाडीमा सवार अन्य भने सकुशल छन् ।

महिलालाई सशक्त बनाउने उपप्रमुखमा विजयी प्रथम शहीद पत्नी कान्तिदेवीको प्रतिबद्धता

रौतहट, असोज १०   रौतहटको पहिलो शहीद पत्नी एवं फतुुआ विजयपुुर नगरपालिकाबाट निर्वाचित उपप्रमुख कान्तिदेवी महतोले महिला हिंसाको अन्त्य गरी महिलालाई सशक्त बनाउने प्रतिबद्धता जनाउनुुभएको छ ।

फतुुआ विजयपुुर नगरपालिकाको उपप्रमुखका रुपमा आइतबार औपचारिक शपथ लिएपछि रासससँग संक्षिप्त कुुरा गर्दै उपप्रमुख महतोले जनताको विश्वासलाई विकासको लहर ल्याएर मूर्त रुप दिने बताउनुुभयो । उहाँका श्रीमान् मनरुप महतोले सशस्त्र द्वन्द्वकालमा शहादत प्राप्त गरेका थिए ।

जिल्लामै पिछडिएको नगरपालिका फतुुआ विजयपुुरमा दलित, गरिब, विपन्न र महिलाका लागि विशेष योजना ल्याई नेतृत्व तहमा पुु¥याउने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।

आफू शहीद पत्नीमात्र नभई अति विपन्न तथा जनजातिबाट माओवादी कार्यकर्ताका रुपमा नेतृत्व गर्दै आएकाले उनीहरुको पीडा र समस्याबारे जानकार रहेको उपप्रमुख महतोले प्रष्ट पार्नुुभयो ।

फतुुआ विजयपुुर नपा–११ भैंसहीटोल घर भएका महतोले लामो समय माओवादीमा महिलाको जिल्ला अध्यक्षका रुपमा रहेर काम गरिसक्नुभएको छ । हाल उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।

माओवादीद्वारा सञ्चालित सशस्त्र संघर्षमा प्रत्यक्षरुपमा लागेका महतोका श्रीमान् मनरुप महतोको २०५७ साल मंसिर ७ गते हालको बृन्दावन नगरपालिका तोरीबारीमा बम बनाउने क्रममा आफैँ विष्फोट भएर मृत्युु भएको थियो ।

महतो रौतहटमा माओवादीका प्रथम शहीद हुनुहुन्छ । श्रीमान्को मृत्युुपछि केही समय घरमा बस्नुभएका महतो भारतको पटनामा अध्यक्ष पुुष्पकमल दाहालसँगको भेटपछि पार्टी कार्यकर्ताका रुपमा सक्रिय रहँदैआएको उहाँले बताउनुुभयो ।

पहाडमा कैयौँ ठाउँमा भएको भिडन्तमा खटेको र रौतहटको इलाका प्रहरी कार्यालय कटहरियामाथि आक्रमण गर्दा पनि आफूले एउटा मोर्चा सम्हालेको स्मरण उहाँसँग छ ।

दुुईदशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा फतुुआ विजयपुुर नगरपालिकामा महतोले नेपाली काँग्रेसका अम्बेया खातुुनलाई पराजित गर्नुभएको हो ।

फतुुआ विजयपुुर नपामा प्रमुखमा नेपाली काँग्रेसका गोपाल यादव विजयी हुनुभएको छ । उपप्रमुखमा कान्तिदेवीसहित माओवादी केन्द्रका उम्मेदवार पाँच वडामा अध्यक्ष पदमा विजयी हुनुभएको छ । रासस

आइल्याण्ड साँघुरो बनाउने काम शुरु

पोखरा, १० असोज। पोखराको पृथ्वीचोकस्थित लखन थापाको शालिक रहेको आइल्याण्डलाई साँघुरो बनाउने काम शुरु गरिएको छ ।

सडकको मापदण्डअनुसार आइल्याण्ड साँघुरो बनाउन हाल लखन थापाको शालिक झिकेर सुरक्षित स्थानमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

धेरै फराकिलो हुँदा ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ हुने गरेका कारण आइल्याण्ड साँघुरो बनाउन लागिएको हो । शालिक अग्लो भएका कारण त्यसलाई राख्ने आधार निर्माण गरी थप व्यवस्थित गरिने भएको छ ।रासस

फरार १२ कैदी नियन्त्रणमा लिन कठिन

चौतारा, १० असोज। विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी नागरिकलाई पक्राउ गर्न सकिएको छैन ।

विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका फरार स्वदेशी नागरिकलाई क्रमिकरुपमा प्रहरीले नियन्त्रणमा लिए पनि नौ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।

सुन तस्करीको अभियोगमा लिजुएन, जुल्पिङ झो पिङलगायत नौ जना चिनियाँ नागरिकलाई जिल्ला अदालत सिन्धुपाल्चोकले दश वर्षभन्दा माथिको कैद सजाय सुनाएको थियो । उनीहरुलाई थुनुवा कोठामा राखिएको थियो ।

त्यसैगरी, भारतको पश्चिम बंगाल कालिङपोङ–६ निवासी तेञ्जिङ छिरिङ भुटियालाई आठ वर्ष कैद र रु नौ लाख ८५ हजार ३१६ जरिवाना तोकिएको थियो । भारतको उत्तर प्रदेशको बहराइच राम नजिद्दर निवासी मोहम्मद इब्राहिमलाई सुन तस्करी र हातहतियार खरखजाना मुद्दामा नौ वर्ष कैद तथा रु एक लाख जरिवाना गरिएको थियो । त्यस्तै खोटा सिक्का नोट चलन गरेका अभियोगमा कैद सजाय भोगिरहेका एक पाकिस्तानी नागरिक पनि जेलबाट फरार भएकाको सूचीमा छ ।

फरार विदेशी नागरिकका हकमा गोरखापत्रमा सूचना प्रकाशन गर्ने मात्र आफूहरुको काम भएको अदालतका श्रेस्तेदार महेन्द्रबहादुर कार्की बताउनुहुन्छ । कारागारबाट भागेका नेपाली कैदीलाई क्रमिकरुपमा पक्राउ गरिएको र विदेशी नागरिकको हकमा तातोपानीस्थित सीमानाकामा तैनाथ चिनियाँ सुरक्षाकर्मी र भारतीय सीमा नाकाका सुरक्षाकर्मीसँग सम्पर्क राख्ने काम भइरहेको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो ।

भूकम्प आएलगत्तै कारागारबाट २१६ जना कैदी भागेका थिए । फरारमध्ये ११८ जना सम्पर्कमा आइसकेका छन् र अझै ९८ जना सम्पर्कमा आउन बाँकी छ । फरार रहेकामध्ये सुन तथा अखेटोपहार तस्करी, जबर्जस्ती करणी, मानव बेचबिखन, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका, चोरीलगायतका अभियोगमा सजाय भोगिरहेका थिए । भागेका कैदीलाई प्रहरीले पुनः पक्राउ गरेपछि थप सजाय हुने भएकाले कैद भुक्तान हुन थोरै समय बाँकी रहेकाहरु भने स्वयं उपस्थित भई इमान्दारिता देखाएको जिल्ला कारागार शाखाले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकामा २०५९ सालदेखि फरार रहेकाहरु छन् । सुन चोरी पैठारी अभियोगमा चार वर्ष कैद तथा रु २० करोड जरिवाना तोकिएको भोटेकोशी गाउँपालिका लिस्ती निवासी दावा तामाङ र डेढ वर्ष कैद र रु छ लाख ८१ हजार ७८३ जरिवाना तोकिएका भ्रष्टाचारी मुद्दाका अभियुक्त मेलम्ची नगरपालिका–२ भोटेचौर निवासी श्रीराम खतिवडालाई प्रहरीले हालै नियन्त्रणमा लिएको छ ।

सम्पर्कमा आइसकेका फरार अभियुक्तलाई स्थान अभावले विभिन्न जिल्लामा पठाउने गरेको सो शाखाले जानकारी दिएको छ ।रासस

स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई छैन : दाहाल

चितवन, १० असोज  ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अनियमितता, भ्रष्टाचार र जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई नरहेको बताउनुभएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ आँै वार्षिकोत्सव तथा १३ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ का अवसरमा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा सानो त्रुटिका कारण मानिसको ज्यानै जान सक्ने भएकाले मानवीय संवेदनामा कसैले खेल्न नपाउने बताउनुभयो ।

स्वास्थ्य संस्था धराशायी बनाउने अधिकार कसैलाई छैन भन्दै उहाँले त्यस्तामाथि कारबाही गर्नुपर्ने बताउनुभयो । अस्पताललाई दक्षिण एशियाको नमुना अस्पताल बनाउन र स्वास्थ्य पर्यटनको विकास गर्न संकल्प र इच्छाशक्ति हुनुपर्ने सुझाव उहाँले दिनुभयो ।
कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्र सुधारका लागि कर्मचारीको संकल्प आवश्यक छ भन्दै अत्याधुनिक उपकरण भित्र्याउनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता थापाले आउँदो सात वर्षभित्र देशका सरकारी अस्पतालमा उच्च गुणस्तरका रु ४० अर्बभन्दा बढीको उपकरण भित्र्याउनुपर्ने बताउनुभयो ।

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाशचन्द्र न्यौपाने र कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालका प्रगति, समस्या र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । सोही अवसरमा अस्पतालको नवनिर्मित भवनमा ८० शय्या सञ्चालनको शुभारम्भ गरिएको थियो ।
अस्पतालमा बिरामीको चाप बढेसँगै शय्या विस्तार गरिएको छ । दुई सय शय्याको निर्माणाधीन भवनको काम सम्पन्न भएको स्थानमा आजदेखि थप ८० शय्या सञ्चालनमा ल्याइएको हो । यससँगै अस्पतालको शय्या २७४ पुगेको छ । कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
सांसद अञ्जनी श्रेष्ठ र गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, अस्पतालका पूर्वअध्यक्ष गंगाप्रसाद उप्रेती, काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराई, राप्रपा(प्रजातान्त्रिक)का जिल्ला सभापति बद्री तिमिल्सिना, प्रजिअ नारायणप्रसाद भट्ट, अस्पताल सञ्चालक समितिका सदस्य दिनेश कोइराला, अस्पतालको चाइनिज मेडिकल टिम लिडर डा युअन हावजुन, अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्ष डा गिसुपनिख प्रसिको, क्यान्सर सेवा समाजका अध्यक्ष श्याम लामिछानेलगायतले बोल्नुभएको थियो । रासस

संस्थानले ल्याएका खसी बोका बिक्री भएन

काठमाडौँ, १० असोज । नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ ।

दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट यहाँ एक हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै बिक्री भइसकेका छैनन् ।

संस्थानले दाङ र हेटौँडाबाट एक हजार ५०० खसी तथा मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि बिक्री नभएपछि अरु ७०० खसी, बोका तथा च्याङ्ग्रा ल्याएको छैन ।

संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी यही असोज ५ गतेदेखि आजसम्म बिक्री वितरण शुरु गरेको थियो ।

बिक्री नभएका करिब ४०० खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्न अष्टमीसम्म समय अवधि थप गरिएको संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले जानकारी दिनुभयो ।

अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल देखिएको छैन । रासस)

उमेर ८४ः सिटामोल खाएको छैन

बझाङ, १० असोज (रासस) । “आफूलाई त खाना नभए पनि एक दुई छाक समस्या हुँदैन तर तमाखु भने नभई हुँदैन ।”
दुर्गास्थली गाउँपालिका– ५ की फाउरी जप्रले यसै भन्नुहुन्छ । उमेरले ८४ वर्ष पुगेकी उहाँ तमाखुको धुवाँँंसँगै रमाउने गर्नुभएको छ । बाल्यकालमै कतिखेर तमाखुको लत बस्यो उहाँलाई थाहा छैन । चुरोट र बिंडी भने आफूले कहिले नखाएको उहाँको भनाइ छ । तीन छोरा र दुई छोरीकी आमा सुल्पा बज्यैका सात नातिनातिना छन् । “सँगैका सबै साथीसहेली रोग लागेर मरिसके मैले भने उपचारको नाउँमा एक चक्की सिटामोलसमेत खाएको छैन”, उहाँले फूर्तिसाथ भन्नुभयो ।

घरमा अरु कसैले तमाखु खाँदैन । अब बूढेसकालमा तमाखु खान नपाइने हो कि भन्ने डर उहाँलाई छ । उहाँ भन्नुहुन्छ, “हाम्रो पालामा त तमाखुमा आगो निकाल्न सक्ने र एकै सासमा सुल्पाको तमाखु सिध्याउने बाजीसमेत हुन्थ्यो ।”

उहाँ जस्तै अर्की जुना जप्रेलको पनि तमाखु नै जीवन सहारा भएको छ । “उमेर छँदै श्रीमान् बिते, दुई महिनाको दूधे बालक छोडेर अर्को विवाह गर्न सकिन, लागेको चिन्ता हटाउन तमाखु खान थालेँ अहिले लत नै बसेको छ”, उहाँ भन्नुहुन्छ । उहाँका छोरा अहिले ४३ वर्षको हुनुभयो । चार नातिनातिनि पनि छन् । उहाँले ५८ वसन्त पार गर्नुभो ।
“तमाखुको पाग निकाल्न जंगलको मेल र गुडसँगै तिखे तमाखु मिसाउँदा बास्ना नै अर्को आउने हुन्छ ”, उहाँ भन्नुहुन्छ । साथीसङ्गीसँग मेलापात र गाईबाख्रा चराउन जंगल जाँदा लहैलहैमा तमाुख खान सिक्नुभएका उहाँको अहिले तमाखु तान्ने बानी नै भएको छ ।
विश्वमा धूमपानले दैनिक १० हजार व्यक्तिको ज्यान जाने र विभिन्न रोग लागेर रोगको शिकार हुने गरेको विश्व स्वास्थ्य तथ्यांकले देखाए पनि बझाङमा भने बालबालिकादेखि वद्धवृद्धाले धूमपान गर्ने गरेका छन् ।

चिलिमे कम्पनीले पायो ५८५ क्षमताका दुई आयोजनाको अनुमति

काठमाडौँ, १० असोज (रासस) ।  स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने धारणा स्थापित गराएको चिलिमे जलविद्युत् कम्पनीले ५८५ मेगावाट क्षमताका दुई परियोजनाको अनुमतिपत्र पाएको छ ।

विद्युत् विकास विभागले चिलिमे कम्पनीलाई गोरखामा आयोजनास्थल रहेको ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक र बझाङमा आयोजनास्थल रहेको सेती नदी तेस्रोको अध्ययन अनुमति दिएको हो ।

कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजना सन् २०१८ को डिसेम्बरसम्ममा निर्माण गरिने भएका छन् ।

रसुवागढी १११ मेगावाट, मध्य भोटेकोशी १०२ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन ४२ मेगावाट क्षमताका आयोजना हुन् । ती आयोजना सम्पन्न भएपछि कम्पनीले कुन आयोजना निर्माण गर्ने भन्नेबारेमा अन्यौलमा थियो ।

कम्पनीले निर्माण गरिरहेका र अध्ययन अनुमतिपत्र पाएका आयोजनाको कुल क्षमता ८५५ मेगावाट हुनेछ । शेयर बजारमा समेत चिलिमे जलविद्युत् कम्पनीको शेयर उच्चस्थानमा छ । नेपाल स्टक एक्चेन्जका अनुसार हाल चिलिमेको प्रतिकित्ता शेयर मूल्य रु ७९८ पुगेको छ ।

नागरिकलाई जलविद्युत् क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास दिलाउन सफल कम्पनीले विभागबाट अनुमतिपत्र पाएपछि अध्ययनको काम यही दशैँलगत्तै शुरु गर्ने जनाएको छ ।

यस्तै १११ मेगावाटको र रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, साढे ४२ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन अहिले निर्माण भइरहेका छन् ।

विभागका महानिर्देशक नवीनराज सिंहले गत भदौ २६ गते बूढीगण्डकी प्रोक र गत असोज १ गते सेती नदीको अध्ययन अनुमतिपत्र कम्पनीलाई दिइएको जानकारी दिनुभयो ।

दशैँलगत्तै यी दुई आयोजनाको अध्ययन शुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक दामोदरभक्त श्रेष्ठले बताउनुभयो । उहाँले निर्माणाधीन आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लागेको र नयाँ आयोजनाको समेत अध्ययन अनुमतिपत्र पाएपछि कम्पनीको बजार मूल्य समेत बढ्न जाने र शेयर बजारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीको छ भन्नुभयो ।

सरकारको बास्केटमा रहेका बूढीगण्डकी प्रोक र सेती नदी तेस्रो आयोजना पहिले आवेदन दिएको आधारमा विभागले कम्पनीलाई दिएको हो । कम्पनीका अनुसार बूढीगण्डकी नदी प्रवाहमा आधारित आयोजना हो भने सेती अर्धजलाशय(पिआरओआर) ढाँचाको परियोजना हो ।

ती आयोजना आगामी दुई वर्षभित्र अध्ययन शुरु गरेर निर्माण शुरु गर्ने लक्ष्य कम्पनीको छ । चिलिमे कम्पनीले ती आयोजनाका निर्माणका लागि फरकफरक कम्पनी स्थापना गर्नेछ ।

कम्पनीको प्रारम्भिक अध्ययनमा बूढीगण्डकी प्रोकको लागत रु ५० अर्ब र सेतीको रु २५ अर्ब लाग्ने अनुमान गरिएको छ । ती आयोजनामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र सम्बन्धित जिल्ला र गाँउपालिका तथा प्रभावित क्षेत्रका नागरिकले समेत लगानी गर्ने छन् ।

Monday, September 25, 2017

एन आर एन जापानका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान

कुमारबज्र l टोकियो

टोकियोको ओचुका स्थित काठमाडौं पार्टी पालेस मरुमा गत आईतवार  वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले हालै मात्र संपन्न भएको एन आर एन जापानका नवनिर्वाचित एन आर एन जापानकी महिला उपाध्यक्ष अनिता गुरुङ ,महिला संयोजक सबिता श्रेष्ठ ,

कोषाध्यक्ष कालिका थापा ,सदस्यहरु राजन पौडेल नारायण खड्का र लाल बहादुर रावल खादा लगाई स्वागत तथा कार्यकालको सफलताको कामना गर्दै सम्मान गरिएको थियो ।

 संस्थाका प्रतिनिधि ईन्दिरा सुजुकीले स्वागत गर्नु भएको कार्यक्रममा डब्लु ओ एन जापानका प्रतिनिधि जनक राज शाक्यले स्वागत मन्तब्य राख्नु भएको थियो l

 संगठनका संयोजक सुनिल कुमार शाक्यले सफल कार्यकालको कामना गर्दै  नेपालमा पनि जापानमा जस्तै इलेक्ट्रिकल ,सिकर्मी ,डकर्मी ,प्लम्बरको आवस्यकता परेको खण्डमा सम्पर्क गर्ने हटलाईन को व्यवस्था एन आर एन जापानले पहल गरेमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापान हातेमालो गर्न तयार रहेको कुरा बताउनुभएको थियो l उक्त अभियान संचालन गर्न सकेमा  नेपाल भित्रै  रोजगारको सृजना भइ युवा पिढीले नेपालमै धेरै काम पाउन सकिने कुरा बताउनु भयो l
एन आर जापानका नव निर्वाचित पदाधिकारीहरु तथा उपस्थित संस्थाका प्रतिनिधिहरुले आ-आफ्नो मन्तब्य व्यक्त गरिएको थियो l उक्त कार्यक्रममा एन आर एन जापानकी कान्तो महिला प्रतिनिधि सुनिता श्रेष्ठ पनि उपस्थित हुन भएको थियो l 
 त्यस्तै अक्टोबर १३ शुक्रवार बिहान ८ बजे काठमान्दौंको ,नेपा: ब्यान्केतमा  गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलन काठमान्दौंमा भाग लिन आउनु हुने सम्पूर्ण नेवारहरुलाई काठमाडौंमा भब्य स्वागत गर्ने कार्यक्रम भएको हुनाले एन आर एन  जापानका नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई उपस्थितको लागि हार्दिक निमन्त्रणा पनि गर्नु भएको छ  l

  उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा ब्यांचा दाई (जापानिज) रहनुभएको थियो l

“कवितामा जेष्ठ नागरिक”

नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर आरम्भ साहित्य श्रृंखलाले “कवितामा जेष्ठ नागरिक” विषयक काब्य गोष्ठी सम्पन्न गर्यो ।

युवा कविदेखि जेष्ठ कविबर सम्मको जमघटमा सबै कविले परिबर्तनशील नेपाली समाजमा जेष्ठ नागरिक प्रतिको उदासिनताप्रति ब्यङ्ग्य गर्दै सामाजिक जनचेतना जगाउने खालका गीत ,गजल ,मुक्तक र कविताहरु पस्केका थिए । प्रेम वली ढकलपुरेको अध्यक्षता भएको उक्त कार्यक्रममा जेष्ठ नागरिक तथा ब्यङ्ग्य कवि चट्याङ मास्टरले कविता वाचनबाट कार्यक्रमको उदघाटन गरेका थिए । अन्य कविहरुले ६० बर्ष पुगेपछि मान्छे पुन बालापन तिर जाने भन्दै रमाइला प्रस्तुती दिए भने कसैले लोभ लाग्दो बुढ्यौलीमा जान मन लाकेको कुरा कवितामा ब्यक्त गरे । बुढा बुढी, परिवारका गहना हुन, हामीले उहाँहरुलाई सम्मान गर्न जान्नु पर्ने कुरामा कविता ब्यक्त भइरहेका बेला स्रोताहरुले आरम्भका अन्य कार्यक्रम भन्दा यो काव्य गोष्ठी , पृथक र रोचक लागेको कुरा सुनाउँदै थिए ।

उक्त कार्यक्रममा चट्याङ मास्ट , प्रेम ओली ढकलपुरे , रुद्र अधिकारी, पुन्य आचार्य, जिबराज बुढाथोकी, बुद्दी मुक्तान, लक्ष्मी प्रसाइ, राजन न्यौपाने, बलराम सापकोटा, केरा अर्याल, उदय दास, दामोदर नेपाल, अभागी मानन्धर, भुवन शिवाकोटी, टेक बहादुर कोइराला, सिता प्याकुरेल, प्रभाकर पाण्डे, डिल्ली प्रशाद मुलतियून , प्रेम राइ परीक्षित, उर्मिला पन्त , अमृता प्याकुरेल, मुकुन्द न्यौपाने, नरनारायण बत्स, कल्पना काफ्ले, बिनोद खत्री, नबिन तिमील्सिना , बद्री शर्मा, भावना पराजुली, शम्भु घिमिरे, लगायत तीन दर्जान कबिहरुले कबिता सुनाएका थिए भने सो कार्यक्रममा दशैँ शुभ कामना आदान प्रदान पनि गरिएको थियो ।

 

विपी स्वास्थ्य प्रतिष्ठानको परिसरमा ब्यूटी पार्लरदेखि किट्जीसम्म

धरान । एउटा शैक्षिक संस्थाको हातभित्र ब्यूटी पार्लर, डान्स बार जस्ता गैर शैक्षिक कार्य गर्न ठाउँ दिईन्छ भने त्यसलाई कसरी बुझ्ने ? तर, धरानमा रहेको विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रतिष्ठान कै पूर्व पदाधिकारीहरुको मनोमानीका कारण यस्ता गैर शैक्षिक गतिविधिहरु खुलेआम चलिरहेका छन् ।
प्रतिष्ठानको अतिथि गृहको ठीक पछाडि एउटा ब्यूटी पार्लर चलिरहेको छ । मासिक ५ हजार भाडा लिनेगरी यस भन्दा अघिका उपकूलपति बलभद्र प्रसाद दासले ब्यूटी पार्लर राख्न अनुमति दिएका थिए । प्रतिष्ठानमा ब्यूटी पार्लरको आवश्यकता पनि केही नरहेको र शैक्षिक संस्थाभित्र यस्तो गतिविधि सुहाउने कुरा पनि होईन ।
त्यस्तै, ब्यूटी पार्लरसँगै जोडिएको झण्डै १० कठ्ठा जतिको जमिनमा एउटा किट्जीछ । बच्चाहरुको लागि प्लेग्रुप सञ्चालन गर्नको लागि भनेर पूर्व उपकूलपति दासले नै आफ्ना भतिजा राकेश दासलाई अगाडि देखाएर आफैंले किट्जी सञ्चालन गरेका थिए । जबकी प्लेग्रुप सहितको अध्ययन गराईने दिल्ली पब्लिक स्कूल त्यही किट्जीको ५० मिटर अगाडि प्रतिष्ठानको स्वीकृतिमा धेरै पहिलेदेखि नै चलिरहेको छ । दासले नै त्यहि हाताभित्र आफ्नो कार्यालयमा एउटा डान्स बार समेत खोल्ने योजना बनाएको प्रतिष्ठानका एक अधिकारीले बताए । तर, धेरै विरोध भएपछि त्यो त्यसै रोकिएको थियो ।


यसरी पूर्व उपकूलपति दासले आफ्नो पद र शक्तिको दुरुपयोग गर्दै प्रतिष्ठानको हाताभित्र यस्ता संरचना खडा गर्न अनुमति दिएको भेटिएको छ । अहिले प्रा. डा. राजकुमार रौनियार प्रतिष्ठानका उपकूलपति बनेर आएपछि किट्जीलाई तत्कालका लागि सञ्चालन नगर्नु भनेर निर्देशन दिईसकेका छन् । यस विषयमा अहिले अख्तियारमा मुद्दा पनि विचाराधिन रहेको छ ।
मातृशिशु अस्पतालको भवन निर्माणमा नै चलखेल
उता, सम्बन्धित निकायसँगको स्वीकृति विना नै ७६ करोडको मातृ शिशु अस्पतालको भवन निर्माण गर्ने निर्णय सिनेटबाट गराईदिँदा अहिले विपी प्रतिष्ठान गम्भीर आर्थिक संकटमा पर्ने स्थिती देखिएको छ । पूर्व उपकूलपति दासले आफ्नो कार्यकाल सकिने बेलामा सिनेटबाट ४०० शैयाको क्षमता भएको मातृशिशु अस्पतालको भवन बनाउन टेण्डर लगायतका सबै प्रक्रियाहरु अगाडि बढाई दिए । जबकि अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नलिई यस्ता संरचनाहरु बनाउँदा मन्त्रालयले बजेट निकाशा गर्दैन । तर, प्रतिष्ठानमा दैनिक सामान खरीदको विल आउने गरेको छ । स्वायत्त संस्थाको सीमित स्रोत साधनका कारण आफू त्यति धेरै खर्च गर्न नसक्ने र मन्त्रालयले पनि स्वीकृति नै नलिई बनेको भवनलाई पैसा निकासा नगरिदिँदा अहिलेको समस्या सिर्जना भएको हो ।


प्रतिष्ठानका उपकूलपति रौनियारले अहिले आफूहरुसँग त्यति धेरै पैसा तिर्ने क्षमता नभएको भएपनि मन्त्रालयमा स्वीकृतिको लागि पहल गरिरहेको बताए । तर, स्वीकृति नै नलिई काम सुरु गरि सकिएकोले मन्त्रालयबाट स्वीकृत गराउन पनि समस्या सिर्जना भएको रौनियारले बताए ।
अहिले मासिक झण्डै १० करोड रुपैयाँ तलबमा मात्रै खर्च हुने गरेको प्रतिष्ठानको मुख्य आम्दानीको स्रोत भनेको अस्पतालबाट प्राप्त शुल्क र अध्ययन गर्ने विद्यार्थीहरुले तिर्ने मासिक शुल्क मात्रै हो । अहिले प्रतिष्ठानको दैनिक १५ लाखसम्म आम्दानी हुने गरेको छ । तलब बाहेक पनि अन्य प्रशासनिक खर्च लगात अन्य उपकरणहरु खरीदमा नै खर्च हुने गरेको छ । यस्तो अवस्थामा ४ सय शैया क्षमताको अस्पतालको भवन आफैं बनाउन सक्ने अवस्था नरहेको प्रतिष्ठानले जनाएको छ ।
यस बाहेक पनि प्रतिष्ठानका पूर्व उपकूलपति दासले १४ करोडको एमआरआईको पुरानो मेसिन किन्न खोजेको, मोडुलर ओटी लगायतका सामग्रीहरु मापदण्ड विपरित खरीद गरिएका लगायतका धेरै विवादहरु कायमै रहेका छन् । मापदण्ड विपरित रहेको भनेर मोडुलर ओटी त जिन्सी विभागले अझै पनि स्वीकार्न सकेको छैन । १० करोड रुपैयाँमा किनेको सो उपकरण अझै पनि स्टोरले दर्ता गर्न नसक्दा त्यो त्यसै पुरानो बन्ने अवस्थामा पुगेको छ ।
त्यस्तै ४ वटा विना कामको भेन्टिलेटर पूर्व उपकूलपतिले जाने बेलामा किनेर गएका थिए । त्यो भेन्टिलेटर अहिले पनि बेबारिसे भएको छ ।

 

अबदेखि आई स्क्यान प्रविधिबाट श्रम स्वीकृति

बैदेशिक रोजगारको सिलसिलामा हजारौ नेपाली युवायुवतीहरु विदेश गइरहेका छन् । यसरी वैदेशिक रोजगारीमा जानेहरुले श्रम विभागबाट अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

यसरी पटक पटक विभाग धाएर काम गर्नुपर्दा धेरैलाई कठिन भएको महसुस गरेर वैदेशिक रोजगार विभागले सोमबारबाट आई स्क्यान प्रविधिबाट श्रम स्वीकृति लिने व्यवस्था मिलाइको छ । यसले दैनिक रुपमा काम गर्न विदेश जाने हजारौं कामदारहरुलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ ।

नेपालमा नै पहिलोपल्ट भित्रिएको यस प्रविधि हालसम्म कै उच्च प्रविधि हो । यसबाट काम गर्दा छिटो, छरितो, पारदर्शी र भरपर्दो हुन्छ भने समयको समेत बचत हुने निजामती कर्मचारीहरुको आधीकारिक ट्रेड युनियन विगागीय कार्यसमित श्रम तथा रोजगार मन्त्रालयका आधिकारिक अध्यक्ष सुदर्शन खनालले बताए ।

मलिन अनुहार लिएर फर्केका निशानलाई समर्थकहरुद्वारा एयरपोर्टमा भव्य स्वागत [ भिडियो सहित ]

र्चित रियालिटी सो ‘नेपाल आइडल’ ग्राण्ड फिनाले सकिएपश्चात कतारबाट आइडलका टिम स्वदेश फर्कने क्रम जारि छ । कतारबाट फर्किएका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास सहितको टिमलाई एयरपोर्टमा भव्य स्वागत गरिएको छ । आइतबार राति ९ बजे फर्किएका शिर्ष ३ सहित शिर्ष १२ प्रतिष्पर्धीलाई एयरपोर्टमा भव्य स्वागत गरिएको हो ।

कतारबाट नेपाल फर्किदा निशान भट्टराईको अनुहारमा खासै उत्साह देखिएको थिएन । हजारौ समर्थक र आफन्तजन निशानलाई स्वागत गर्न एयरपोर्ट पुगेका थिए । समर्थकहरुको माया र सहभागिता भने उत्साहजनक थियो । गत शुक्रबार भएको नेपाल आइडलको फाइनलमा निशान भट्टराई नेपाल आइडलका फर्स्ट रनर अप भएका थिए । ‘नेपाल आइडलको शान, निशान’ भन्ने नाराको साथमा नेपाल आइडलमा उत्कृष्ट प्रस्तुति दिइ निशान करोडौ नेपाली मनका ढुकढुकी बनिसकेका छन ।

हेर्नुहोस भिडियोमा:

लोकदोहोरी गुरुङहरुको रोधीबाट आएको अध्यक्ष गुरुङको दाबी

नेपालभित्र गाइने लोकदोहोरी भनेको गुरुङहरुको भएको दाबी तमु कलाकार संघका अध्यक्ष राजु गुरुङले गरेका छन् । गुरुङहरुको रोधीबाट बाहिर आएको कारण लोकदोहोरी भनेको गुरुङहरुले यसको संरक्षण एवं सम्बद्र्धन गर्न जरुरी रहेको बताए । अरुले लोकदोहोरी मेरो हो भन्ने अधिकार छैन गुरुङले भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसको संरक्षण गर्ने अधिकार छ तर लोकदोहोरी मेरो नै हो भन्ने अधिकार छैन ।
बडादशैं एवं शुभदीपावलीको शुभकामना आधार प्रदान एवं नेपाल टेलिकम अमर विरही गुरुङ एकल साँझ समापन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले एकल साँझलाई सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए । कार्यक्रममा गायक अमर विरही गुरुङले आफू सधैं सबैको लागि हो भन्दै साझा भएको भए पनि एकल साँझको दिनबाट गुरुङ समुदायमा नजिक हुन नसकेको महसुस भएको बताए ।
अब आफ्नो समुदाय चाहिँदो रहेछ गायक गुरुङले भने मैले जिन्दगीभर साझा बाटो अपनाएर हिंडे तर आज त्यो बाटो गलत रहेछ, आफ्नो समुदाय छोड्न नहुने रहेछ भन्ने महसुस भएको छ । गायक गुरुङले एकल साँझ सम्पन्न गर्न तमु कलाकार संघ एवं यसका विभिन्न शाखा, परिषद्हरुको महत्वपूर्ण योगदान रहेको भन्दै आभार प्रकट गरेका थिए ।
त्यसैगरी कार्यक्रममा पत्रकार सुमन बैरागीले बोल्दै तमुहरुको एकजुटता देखेर लोभ लागेको बताउँदै समाजमा मिलेर बसेका हामी सबै पहिला नेपाली हौं त्यसपछि जातजातिको समुदायभित्र रहनुपर्छ भने । उनले अमर विरही गुरुङ एकल साँझ संस्थापक अध्यक्षका हैसियतले लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्नुपर्ने भए पनि तमु कलाकार संघले यसका चुनौती मोलेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तमु ह्यूला छोजधीं राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले जातीय पहिचानका लागि २२ वर्षदेखि लडिरहेको बताउँदै जनजातिहरुले पहिला आफ्नो पहिचानका लागि बुझ्न आग्रह गरे । कार्यक्रममा एकल साँझमा सहयोग पु¥याउने प्रायोजक, कलाकार, मिडिया एवं विभिन्न संघसंस्थालाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संघका महासचिव गणेश गुरुङले संचालन गरेका थिए ।

आगामी निर्वाचनपछिको प्रधानमन्त्री देउवा नै हो – मन्त्री यादव

खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवालाई चुनावपछि बन्ने सरकारको प्रधानमन्त्रीमा उम्मेदवार घोषणा गरी मतदाता समक्ष मत माग्न जाने स्पष्ट पारेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कारमा बोल्दै मन्त्री यादवले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘हामी अबको चुनावमा आम मतदाताहरु समक्ष पार्टी सभापति शेरबहादुर देउवालाई नै अघि सारेर मतमाँग्न जान्छौं, अब फेरि पनि उहाँ नै प्रधानमन्त्रीको उम्मेद्धवार हो, पार्टीभित्र यस बारेमा एकमत छ ।’
क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले ‘पार्टी सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेर मतदातासमक्ष जानुपर्छ, राष्ट्रिय स्वाधीनता, समृद्धि, लोकतान्त्रिकआचरण र सुशासनको विषयमा पार्टीले अगाडि सारेका मान्यतालाई अनुमोदन गराउनुपर्छ ।’
यादवले यहीअसोज २ गते भएको प्रदेश नम्बर २ को स्थानीयतहको तेस्रो चरणको निर्वाचनमा पार्टीले पाएको मत सन्तोषजनक नभएको गुनासो पोखे । उनले भने,‘अहिले हामीले ४० सिट जितेका छौं, तर जितको सिट संख्या अझै धेरै बढ्न सक्दथ्यो, पार्टीभित्रको आन्तरिक कारण र व्यवस्थापकीय कमजोरीका कारण हामीले भने जस्तो परिणाम ल्याउन सकेनौं ।’उनले आफूहरुले आशा गरेजस्तो परिणाम नआएपनि २ नम्बर प्रदेशमा पहिलो भएकोले सन्तोष गर्नुपर्ने ठाउँ रहेको सुनाए ।
उनले मधेशी जनताले राष्ट्रियता र लोकतन्त्रको पक्षमा आफ्नो मतजाहेर गरेको भन्दै आफूहरु यो रिजल्टबाट त्यति धेरै असन्तोष भने नरहेको जिकिर गरे । उनले थपे,‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, उहाँले लोकतन्त्र र संविधान कार्यान्वयनको लागि अहम भूमिका निर्वाह गर्नु भएको छ ।’
मन्त्री यादवले वर्तमान सरकार प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै भने,‘सरकार आउने निर्वाचनको सम्पूर्ण तयारीमा जुटिसकेको छ, समय मै निर्वाचन सम्पन्न हुन्छ ।’
त्यस्तै उनले मधेशमा कांग्रेस जति कसैले पनि विकास नगरेको दाबी गरे । उनले थपे,‘मधेशमा हाम्रो पार्टीले जति कसैले पनि विकास गरेको छैन, राजश्री जनक विश्वविद्यालय, वीरगन्ज विश्वविद्यालय, पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग लगायतका ठूला ठूलाकामहरु कांग्रेस कै मन्त्रीको नेतृत्वमा भएको छ।’
आउने निर्वाचनपछि कांग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार गठन गर्ने उनको दाबी थियो । उनले भने,‘हामी बहुमतको सरकार बनाउँछौं ।’

‘केही महिनाभित्रै मेलम्चीको पानी काठमाडौं आउँछ’

त्यस्तै उनले मेलम्चीको खानेपानी केही महिनाभित्रै काठमाडौं आउने विश्वास दिलाए । उनले भने,‘विगतमा जे हल्ला र भ्रम थियो, अब त्यो भ्रम भने हटिसकेको छ, स्वयम् प्रधानमन्त्रीज्यूले पनि उक्त आयोजनाको लागि रकम अभाव हुन दिन्नौं भन्नुभएको छ,अब जम्मा १६ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ, तीन सिफ्टमा काम भैरहेको छ ।’यद्धपी उनले पानी आउन १५ दिन वा एक महिना ढिला भए पनि अत्तालिन नहुने धारणा राखे ।

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts