Sunday, September 10, 2017

सशस्त्र प्रहरीको निधन

रसुवा, २५ भदौ । पासाङल्हामु राजमार्ग मर्मतका क्रममा शनिबार घाइते भएका सशस्त्र प्रहरी जवानको आज निधन भएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार मृत्यु हुनेमा नुवाकोट, विदुर नगरपालिका–९ गेर्खुका ३३ वर्षीय प्रहरी जवान रमेशकुमार श्रेष्ठ छन् ।
गोसाइँकुण्ड गाउँपालिका–६ फालेखोला र ठाडेगाउँबीचको सडक मर्मतका क्रममा माथिबाट खसेको ढुङ्गाले श्रेष्ठको टाउकामा चोट लागेकामा हेलिकप्टरबाट काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार गर्दागर्दै आज अपराह्न १ः१५ बजे निधन भएको वाग्लेले जानकारी दिनुभयो । निजको घर बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts