Sunday, September 10, 2017

मधेशी जनताले विकासका लागि आहुति दिएका हुन्ः नेपाल

महोत्तरी, २५ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मधेशी जनताले संविधान संशोधनभन्दा पनि मधेश क्षेत्रको विकासका लागि आहुति दिएको बताउनुभएको छ ।
नेता नेपाल बर्दिवासमा पत्रकारसँग कुरा गर्दै सीमांकनको माग आम मधेशी जनताको नभई सीमित मधेशी नेताको मात्र रहेको विचार व्यक्त गर्नुभयो । केही दलले सीधासाधा मधेशी जनतासमक्ष संविधान संशोधनको कुरा उठाएर भ्रमको खेती गरिरहेको आरोप पनि लगाउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts