Thursday, September 21, 2017

मदन भण्डारी स्पोर्टस एकेडेमीको चियापान

काठमाडौँ, ५ असोज (रासस) ।  व्यवस्थापिका–संसद्, सुशासन समितिका सभापति मोहनसिंह राठौरले मुलुकमा सबै जातिका प्रचलित परम्परा तथा संस्कृतिको संरक्षणले अन्तर्राष्ट्रिय तहमा राष्ट्रको गौरव बढ्ने बताउनुभएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले दशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना कार्यक्रममा उहाँले पछिल्लो समय विकास भएका प्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव नेपाली समाजमा देखिएकामा चिन्ता व्यक्त गर्दै यसमा सजगता नअपनाएमा हाम्रा परम्परा लोपोन्मुख बन्दै जाने खतरा औँल्याउनुुभयो ।

एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले खेलकुदका माध्यमबाट देश विकासमा क्रियाशील आफ्नो संस्थाले मुलुकमा विभिन्न परम्परा र संस्कृतिका संरक्षणका साथै आर्थिक समृद्धिका लागि गतिविधि सञ्चालन गरेको जानकारी गराउनुभयो ।

बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको स्मृतिमा स्थापित सो एकेडेमीले काठमाडौँ उपत्यका विद्यालयस्तरीय कराते, जिम्न्यास्टिक तथा भण्डारीको जन्मजयन्तीमा रक्तदानलगायत कार्यक्रम गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts