वीरगञ्ज, ९ असोज । वीरगंञ्ज महानगरपालिकामा संघिय समाजवादी फोरमले अग्रता कायमै राखेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार कांग्रेसलाई पछि पार्दै फोरम नेपालले अग्रता कायम राखेको हो ।
५७ हजार २ सय ३० मत गनि सक्दा फोरम नेपालले अग्रता कायमै राखेको छ । मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगी काँग्रेसका उम्मेदवार द्विवेदी भन्दा ६२८ मतले अगाडी हुनहुन्छ भने १३२५९ मत पाएका छन् ।
दोश्रो स्थानमा रहेका मेयरमा काँग्रेसका उम्मेदवार अजय द्विवेदीले १२६३१ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले भने ८३३६ मत ल्याएका छन् । नेकपा एमालेका बसरुद्धिन अन्सारी ६३९१ मतका साथ चौथो स्थानमा र नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ५७०३ मतका साथ पाचौ स्थानमा छन् । नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव भने ५०८५ मतका साथ छैठौं स्थानमा छन् ।
यस्तै वीरगन्ज महानगरपालिकाको उपेयरमा भने नेपाली काँग्रेसले नै अग्रता कायम राखेको छ । उपमेयरमा काँग्रेसकी शान्ति कार्की १४३७६ मतका साथ अगाडि छिन् । वीरगन्ज महानगरमा रोकिएको मतगणना पाँच घण्टापछि सुचारु भएको थियो ।
तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेकोे प्रदेश नम्बर २ को एक मात्र महानगरपालिकामा राति दुई बजेदेखि पूनः मत गणना शुरु भएको हो । तर मत पेटीका नखोलिएका वडा नम्बर १६ , १७ र १८ को मतगणना भने तत्काल शुरु नगर्ने विषयमा फोरम नेपाल बाहेकका दलहरु सहमत भएका छन् ।
Sunday, September 24, 2017
वीरगञ्जमा समाजावदी फोरमको अग्रता कायमै
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment