रौतहट, ९ असोज । रौतहटका १८ वटै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । आज विहान गरुडा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सबै स्थानीय तहमा मतगणना सकिएको हो ।
गरुडा नगरपालिकाको मेयरमा संघिय समाजवादी फोरम नेपालका ईनु राय यादव र उपमेयरमा नेपाली कांग्रेसकी रंगिला देवी जयसवाल निर्वाचित हुनुभएको छ । देशकै सबभन्दा बढी १६ नगरपालिका र २ गाउँपालिका मात्रै रहेको रौतहटमा नेपाली कांग्रेसले सबै भन्दा बढी स्थानीय तहमा जित हाँसिल गरेको छ । कांग्रेसले सबभन्दा बढी ८ स्थानीय तह जितेर पहिलो भएको छ । संघिय समाजवादी फोरमले ४ तहमा जित हाँसिल गर्दै दोश्रो, माओवादी केन्द्रले ३ स्थानीय तहमा जित हाँसिल गरेर तेश्रो भएको छ । राजपा २ स्थानीय तहमा जित निकालेर चौथो भएको छ ।
नेपाल लोकतान्त्रिक एक स्थानीय तहमा विजयी भएका छन् । कांग्रेसले परोहा, गढीमाई, चन्द्रपुर, फतुवा विजयपुर, वृन्दावन, राजदेवी, राजपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा विजयी भएको छ । संघिय समाजवादी फोरमले गरुडा, देवाही गोनाही, माधवनारायण र बौधीमाई नगरपालिकामा विजयी भएका छन् । माओवादी केन्द्रले मौलापुर र कटहरिया नगरपालिका तथा यमुनामाई गाउँपालिकामा विजयी भएको छ भने राजपा गौर र गुजरा नगरपालिकामा विजयी भएका छन् । त्यस्तै फोरम लोकतान्त्रिकले ईशनाथ नगरपालिकामा विजयी भएको छ ।
Sunday, September 24, 2017
रौतहटका १८ वटै स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस पहिलो
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment