नेपाल युवा संस्था सञ्जाल र सर्च फर कमन ग्राउण्डको संयुक्त आयोजनामा सञ्चालित शान्ति निर्माणमा युवाको सहभागिता सम्बन्धी राष्ट्रिय कार्यशाला भाद्र ८, २०७४ मा होटल हिमालयमा सम्पन्न भएको छ । सो कार्यशालामा सर्च फर कमन ग्राउण्डद्वारा शान्ति निर्माणमा युवाको भूमिकाबारे गरिएको अनुसन्धानको निश्कर्ष प्रस्तुत गरिएको थियो । सो अनुसन्धान नेपालका ७ वटा द्वन्द प्रभावित तथा द्वन्द्व संवेदनशील जिल्लाहरु सप्तरी, रौतहट, कपिलवस्तु, रोल्पा, बर्दिया, गोरखा र कैलालीमा गरिएको थियो । यस अध्ययनले सरकारले शान्ति प्रक्रियामा युवाले पुर्याएको योगदान मुल्याकंन नगर्दा सरकार र युवा बीच तितक्ता वढेको र यसले थप द्वन्द निम्त्याउन सक्ने अवस्था रहेको अध्ययनले देखाएको सर्च नेपालका निरेश चापागाईले जानकारी दिनु भयो । यस अध्ययनले सशस्त्र द्वन्दबाट फर्किएका युवाको अझै पनि समाजमा पुनर्स्थापना हुन नसेकेका कारण शान्ति निर्माण र पुनर्स्थापनामा युवाको सक्रिय सहभागितामा अहिले पनि चुनौतीको रुपमा रहेको छ । अध्ययनले सयुंक्त राष्ट्रसंघका महासचिवले तयार गरिरहेको प्रस्ताव नं २२५० को प्रतिवेदनका लागि सहयोग गर्नेछ ।
माननीय, गृह राज्यमन्त्री श्री श्याम कुमार श्रेष्ठ (कुशल) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा दिगो शान्ति निर्माण तथा द्वन्द्वको रोकथाम र न्यूनीकरणमा युवाको महत्वपूर्ण भूमिकाबारे छलफल गरिएको थियो ।
यस कार्यशालामा नेपाल युवा संस्था सञ्जालका अध्यक्ष श्री हिमाल महतले स्वागत मन्तव्य दिनुभएको थियो । साथै सर्च फर कमन ग्राउण्डका राष्ट्रिय निर्देशक डा. भोलाप्रसाद दाहालले शान्ति निर्माण तथा द्वन्द रुपान्तरणमा युवाको भूमिका तथा नेपालका लागि UNSCR 2250 कार्यान्वयनको सान्दर्भिकता र आवश्यकताका साथै सयुक्त राष्ट्रसघको प्रस्ताव नं २२५० का पाँच स्तम्भहरु: सहभागिता, सुरक्षा,रोकथाम, साझेदारी र पुनर्स्थापनाका विषयमा प्रष्ट पार्नु भएको थियो । कार्यशालामा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, युवा तथा खेलकुल मन्त्रालयका सचीव महेश प्रसाद दाहाल, शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचीव गजेन्द्र कुमार ठाकुर, महिला र बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह-सचीव तोयम रायमाझी, सामाजिक परिवर्तन केन्द्रका अध्यक्ष डा प्रकाश भट्टराई, इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल र GoGo Foundation का केदार खड्काले शान्ति निर्माणमा युवाको भूमिका तथा नेपालले यस विषयमा बनाउनु पर्ने रणनीतिका बारेमा आफ्ना विचार राख्नु भएको थियो ।
सो कार्यक्रमको सञ्चालन नेपाल युवा संस्था सञ्जालकी कार्यकारी सदस्य सरिता लामिछानेले गर्नु भएको थियो ।
No comments:
Post a Comment