भौतिक तथा यातायात राज्यमन्त्री सिता गुरुङले वर्षेनि भैरहेको सवारी दुर्घट्नामा सबैभन्दा बढि दुई पाङग्रे सवारीहरु देखिएको भन्दै यसप्रति सबै सजग हुनु पर्नेमा जोड दिएकी छिन् ।
शनिबार काठमाडौंको भृकुटिमण्डपमा बाईकर्स संघ नेपालको उद्घाट्न गर्दै मन्त्री गुरुङ्ले यस्तो बताएकी हुन् । उनले यातायात क्षेत्रको व्यवस्थापन र विकासको लागि सबै सरोकारवाला संघ, संस्था र व्यक्तिहरु हातेमालो गरेर अघि बढ्नुपर्ने समेत बताईन् । राज्यमन्त्री गुरुंगले उक्त संघलाई यातायात क्षेत्रको हितमा काम गर्नको लागि प्रेरणा मिलोस भन्दै शुभकामना समेत दिईन् ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि एवम् रिपोर्टर्स क्लब नेपालका सभापति ऋषिधमलाले पनि उक्त संघलाई राम्रो काम गरेर आम जनताको मन जित्नको लागि शुभकामना दिएका थिए ।
संघका अध्यक्ष अमिर अहमदखाँको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा उनले आफ्नो सम्बोधनका क्रममा भनेका थिए,‘सबै मन्त्रीहरुले भन्छन् प्रतिबद्धता व्यक्त गर्छन तर काम कसैले गर्दैनन्, अब तपाईहरुले काम गरेर देखाउने बेला आएको छ, जे होस यहाँहरुले पनि राम्रो काम गर्दै जानुहोला, तपाईहरुलाई मेरो तर्फबाट गर्नुपर्ने सबै साथ र सहयोग गर्न म तयार छु ।’
पत्रकार धमलाले बाईक छिटो–छरितो सवारी साधन भए पनि यसलाई भरपर्दो बनाउनेतर्फ सबै सचेत हुनुपर्ने बताए ।
सचिव मोदनाथ भण्डारीले बाईकर्स संघको उद्देश्य र भविष्यमा यसले गर्ने कार्यहरुको बारेमा प्रकाश पारेका थिए । बाईकर्सहरुलाई हेप्ने काम भैरहेको प्रति गुनासो पोख्दै भण्डारीले भने,‘बाईकर्सहरुको हत्या समेत भएको छ, यो कार्यप्रतिहामी घोर निन्दा गर्दछौं।’
त्यस्तै सवारी ऐन–२०४९ लाई परिमार्जन गरेर समय सान्दर्भिक बनाउनुपर्नेमा समेत उनलेजोड दिए ।
No comments:
Post a Comment