Sunday, September 24, 2017

नेपालको शान्ति प्रक्रिया ऐतिहासिक – पूर्व अर्थमन्त्री महत

काठमाडौं । प्रमुखदल नेपालीकांग्रेसका नेताएवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको शान्तिप्रक्रिया ऐतिहाँसिक भएको बताएका छन् ।
महतले भने,‘नेपालमा ऐतिहाँसिक शान्ति प्रक्रिया मार्फत स्थापित भएका मुल्य र मान्यताहरुलाई संस्थागत गर्न राजनीतिक अस्थिरता मुख्य बाधक बनेको छ, त्यसैले अब मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्याउनको लागि पनि स्थायी सरकार चाहिन्छ।’उनले नेपालजस्तो मुलुकमाआर्थिक परिवर्तन गर्न गाह«ो रहेको बताए ।
बिहीबार काठमाडौंमा नेपाल युवा परिषदले विश्व शान्ति दिवसको अवसरमा आयोजना गरेको विस्तृत शान्ति सम्झौताको महत्व र परिणाम विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै महतले यस्तो बताएकाहुन् । त्यस्तै उनले नेपालमा सुशासन मजबुद हुन नसक्दा अनियमितता मौलाएको समेत गुनासो पोखे ।
कार्यक्रममा नयाँ शक्ति नेपालका नेता खिमलाल देवकोटाले युवा भविष्यको कर्णधार नभई वर्तमानका साझेदार भएको स्पष्ट पारे ।
उनले भने,‘ठूला–ठूला युद्धहरुमा युवाहरुको महत्वपूर्ण भुमिका रहेपनि निर्णायक घडीमा भनेयुवाहरुलाई नै पाखालगाईने कामभएको छ, यो नै दुर्भाग्यहो।’
रिपोर्टर्स क्लबनेपालका सभापतिऋषिधमलाले मुलुकको नेतृत्वअबयुवाहरुले गर्नुपर्ने बताएका छन् । उनले भने,‘लिडरसिपमायुवाहरु आउनुपर्छ, युवाले देश चलाउनुपर्छ, कम्तीमापनि ४० प्रतिशतयुवाहरु व्यवस्थापिका संसदमा पुग्नुपर्छ।’ उनले ५० नाघेकाहरुलाई मन्त्रिपरिषदमानिषेध गरिनुपर्ने बताए ।
त्यस्तै धमलाले नेपालकोशान्तिप्रक्रियादिगो रहेको पनिबताए । उनले थपे,‘विस्तृत शान्तिप्रक्रियाअब संस्थागतहुने अन्तिम चरणमाछ, सबै निर्वाचन सम्पन्नभएपनिनयाँ प्रणाली नै संस्थागत हुन्छ, यो भनेको शान्तिप्रक्रिया टुँगोमापुग्नु नै हो।’
कार्यक्रममापर्यटन बोर्डकी सदस्यभारतीगिरी लगायतविभिन्नवक्ताहरुले आ–आफ्नो धारणा राखेकाथिए ।
तस्विर : मुकुन्दकालिकोटे

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts