Sunday, September 24, 2017

फुलमाया फाउण्डेशनद्वारा गायक गुरुङको उपचारका लागि सहयोग

काठमाडौं– कुशल गायक तथा एरेन्जेर पुर्ण गुरुङ लामो सामयदेखि विरामी परेका छन् । उनको मृगौला फेरेको ९ बर्ष पछि पुनः मृगौलामा समस्या देखिएको छ । एक महिना भन्दा बढि लामो समयदेखि गुरुङ त्रिबि शिक्षण अस्पतालमा उपचार गराईरहेका छन् ।
गुरुङकी श्रीमती सुमी श्रेष्ठ श्रीमानको उपचारका लागि गुरुङसँगै अस्पतारमा रहेकी छन् । गुरुङको उपचारका लागि केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, ईन्द्रणी परिवारलगायतले आर्थिक सहयोग गरेका थियो । त्यस्तै, बिहिबार फुलमाया फाउण्डेशनको टोलीले पनि गुरुङको उपचारका लालि सहयोग गर्न अस्पतालमा नै पुग्यो । फाउण्डेशनले गुरुङकी श्रीमती सुमीको हातमा रु २० हजार नगत हस्तान्त्रण गरेको छ ।
गायक गुरुङको उपचारका लागि सहयोग गर्न फुलमाया फाउण्डेशनको तर्फबाट सुस्मिता तमु थेबे लिम्बु, द्रोर्णराज महत, सिर्जु मगर, अनुस्का सुनुवार, लिला गिरि, सुरज लामिछाने, आयुस्का सुनुवार, चुडामणि बिसि, अनु गुरुङ, फाउन्डेसनको तर्फका अध्यक्ष बिरही कार्की, महासचिव सुमन बैरागी, सदस्य संगीता श्रेष्ठ, अर्जुन गुरुङ, पत्रकार दिनेश थापालगायत अस्पताल पुगेका थिए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts