Tuesday, September 12, 2017

नयाँ शक्ति विद्यार्थी युनियनमा गौतम

काठमाडौँ, २७ भदौ । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

नयाँ शक्ति नेपाल निकट सो विद्यार्थी युनियनको यही भदौ २३ देखि २६ गतेसम्म भएको महाधिवेशनले सो नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको महिला उपाध्यक्षमा तारा शर्मा, महासचिवमा नेत्र चापागाईं, खुल्ला सचिवमा विकल पौडेल र कोषाध्यक्षमा ओमनारायण महतो चयन हुनुभएको छ ।

समितिमा विभिन्न प्रदेश र समावेशिताका आधारमा उपाध्यक्षहरु र सचिवहरु रहेको सचिव पौडेलले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts