Tuesday, September 12, 2017

बिनादर्ता सञ्चालित ल्याबमा शिलबन्दी

पथरी (मोरङ), २७ भदौ । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले बिनादर्ता सञ्चालित दुईवटा ल्याबमा शिलबन्दी गरेको छ ।

विराटनगर–९ अस्पताल चोकमा बिनादर्ता सञ्चालनमा आएको न्यू नेशनल डाइनेष्टिक ल्याब र रङ्गेली रोडमा रहेको श्री कालिका ल्याब क्लिनिकलाई अनुगमन टोलीले सोमबार साँझ शिलबन्दी गरेको जनस्वास्थ्यका शाखा अधिकृत हरि खत्रीले जानकारी दिनुभयो ।

“जनस्वास्थ्यबाट स्वीकृति नलिई कालिका ल्याबले रङ्गेली रोडको भित्री गल्लीमा सानो घरमा बोर्डसमेत नराखी ल्याब सञ्चालन गर्दै आएको थियो”, खत्रीले भन्नुभयो, “अनुगमनमा कागजपत्र केही नभेटिएपछि शिलबन्दी गरेका हौँ ।”

त्यस्तै, न्यू नेशनल ल्याबले पनि बोर्ड नराखी परीक्षण गर्दै आएको फेला परेको थियो । उक्त ल्याबमा पनि अनुगमन टोलीले शिलबन्दी गरेको छ । अनुगमनका क्रममा विराटनगर– ९ मा रहेको श्री हस्पिटलको ल्याबमा म्याद सकिएका विभिन्न प्रकारका केमिकल फेला परेको छ ।

श्री हस्पिटलको ल्याबमा रगतको मात्र चेक गर्न प्रयोग गरिने ‘हेमोग्लोविन’ केमिकल म्याद सकिएको अवस्थामा फेला परेको जनस्वास्थ्यका शाखा अधिकृत खत्रीले बताउनुभयो ।

त्यस्तै, विर्य परीक्षण गर्ने ‘डव्लु डालोटिङ पुल्लुड’ नामक केमिकल श्री हस्पिटलको ल्याबमा म्याद सकिएको अवस्थामा फेला परेको खत्रीले जानकारी दिनुभयो । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts