Friday, September 1, 2017

मुक्त कमलहरीलाई परिचयपत्र वितरण

गुलरिया, १६ भदौ । बर्दियाका मुक्त कमलहरीलाई आज परिचयपत्र वितरण गरिएको छ ।

भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले जिल्लाका दुई हजार ४९५ मुक्त कमलहरीमध्ये २९ जनालाई परिचयपत्र प्रदान गर्दै चार महिनाभित्र सम्पूर्ण कमलहरीलाई परिचय वितरण गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले चार महिनाभित्रै बर्दिया, बाँके, दाङलगायत तराईका जिल्लाका १३ हजार कमलहरीमध्ये नौ हजार ७४२ जनालाई परिचयपत्र वितरण गरिसक्ने सरकारी लक्ष्य रहेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts