Friday, September 1, 2017

कलामा सिपापोखरे

काठमाडौँ, १६ भदौ । भूकम्पमा निकै क्षति व्यहोरेको सिन्धुपाल्चोकको सिपापोखरेलाई २० कलाकार, कवि, मानवशास्त्री तथा कला अभियानकर्मीले फरक फरक ढंगबाट बुझेका र हेरेका छन् ।
उनीहरुको हेराइ र बुझाइलाई यतिबेला बखुन्डोलको लसना÷ नेक्सस कलचर सेन्टरमा प्रदर्शनी भइरहेको छ । यही भदौ ६ गतेदेखि शुरु भएको सो कला प्रदर्शनीमा फोटोग्राफर अभिषेक शाहले सो स्थानको दैनिक जीवनलाई कलात्मक रुपमा तस्वीरमा कैद गर्नुभएको छ ।
अस्मिना रञ्जित र श्रवण महर्जनको प्रतिस्थापन कलाले सो स्थानको कष्ट र मानिसको उत्तरदायित्वलाई प्रष्ट्याएको छ । यज्जु मानन्धरले प्रतिस्थापन कलाबाट सो स्थानको ध्वनिलाई प्रस्तुत गरेका छन् भने कुन्जन तामाङले पनि पानी र ध्वनिको मिश्रित रुप कलामा ल्याएका छन् । केशवराज खनालको दृष्यचित्र र डिजिटल फोटो म्यानुपुलेशनले सो स्थानको बदलिएको स्वरुपलाई उजागर गरेको छ ।
यसैगरी सहभागीले आफ्ना भोगाइ र बुझाइलाई पुस्तकका रुपमा पनि प्रकाशन गरेका छन् । चार जनाको समूहले सोही स्थानको कथालाई सुन्दर बाल पुस्तकका रुपमा प्रस्तुत गरेका छन् भने सबै कलाकारको कलाकृति समेटेर कलाकृति संँगालो पुस्तिका पनि प्रकाशन गरिएको छ । सो पुस्तिका बिक्रीबाट आउने रकम सिपापोखरेका बालबालिकाका शिक्षामा र कला अभियानमै खर्च गरिने आयोजक अस्मिना रञ्जितले जानकारी दिनुभयो ।
चार महिनाअघि शुरु भएको ‘रिबिल्डिङ रिक्याप्चर’ कार्यशालाको अन्तिम रुप सोे प्रदर्शनीमा देख्न सकिन्छ । बंगलादेश, भारत, नेपाल र नेदरल्याण्डसका २० कलाकारले तयार पारेका कलाबाट आर्थिक भौतिक रुपले विक्षिप्त सिपापोखरेलाई कलात्मक रुपले पुनःनिर्माण गर्ने अपेक्षा राखिएको छ । प्रदर्शनी यही भदौ १९ गतेसम्म चल्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts