Friday, September 1, 2017

नेपाल राष्ट्रिय हिन्दी सम्मेलन आजदेखि

जनकपुरधाम, १६ भदौ । सोह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन आजदेखि जनकपुरधाममा सुरू भयो ।

नेपाल हिन्दी प्रतिष्ठानद्वारा आयोजित सो सम्मेलनमा नेपाल र भारतका हिन्दी भाषाका स्रष्टाको सहभागिता रहेको छ ।

वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलले सम्मेलनको उद्घाटन गर्दे हिन्दीप्रतिको घृणा र द्वेष समाप्त गरी स्रष्टालाई सम्मान गर्नु जरूरी छ भन्नुभयो ।

कार्यक्रममा साहित्यकार सूर्यनाथ गोपलाई ‘राजर्षी जनक प्रतिभा पुरस्कार’ र साहित्यकारहरू सूर्यदेव साह, सुदर्शनलाल, चन्द्रशेखर राय, अजय झा, प्रकाश राय, रामविलास यादव र रामबाबु नीरजलाई सम्मान गरिएको थियो ।

सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष राजेश्वर नेपाली, प्राध्यापक आशा सिन्हा र सह प्रध्यापक कैलाश महतोले गणतन्त्र नेपालको भाषा नीति र हिन्दी विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलन शनिबारसम्म चल्नेछ ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts