Friday, September 1, 2017

दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, १६ भदौ । मन्त्रिपरिषद्को यही भदौ १४ गतेकोे निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायकरथी राजेन्द्र कार्कीलाई आज दज्र्यानी चिन्ह प्रदन गरिएको छ ।

जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रपतिको कार्यालय, सुरक्षा तथा समारोह व्यवस्था सचिवालयमा कार्यरत कार्कीलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उपरथी दर्जामा पदोन्नति हुनुभएका कार्कीलाई प्रदेश नं. ५ मा हालै स्थापना भएको मध्यपश्चिम पृतनाको जिम्मेवारी सम्हाल्न खटाइनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts